आज :

नेपालमा कोरोनासँग जित्नेको संख्या १५ हजार नाघ्यो, सुदूरपश्चिम प्रदेशमा ३ हजार बढी

काठमाडौं । नेपालमा कोरोना भाइरससँग जितेर घर फर्किनेको संख्या पनि बढिरहेको छ । विहीबारसम्म आउँदा कोरोना जित्नेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर ५ मा ४ हजार ९७ जनाले कोरोना जितेका छन् । सबैभन्दा कम बागमती प्रदेशमा ५ सय ९१ जनाले कोरोना जितेर घर फर्किएका छन् । त्यस्तै, प्रदेश नम्बर १ मा ९ सय ३७, प्रदेश नम्बर २ मा ३ हजार २ सय ३४, गण्डकी प्रदेशमा १ हजार ३ सय ६२, कर्णाली प्रदेशमा १ हजार ७ सय ७७ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । विहीबारसम्म सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९१ जनाले कोरोना जितेर घर फर्केका छन् । विहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ४ हजार ८ सय ९० पुगेको छ । अहिले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा १ हजार ४ सय ९० जनाले उपचार गरिरहेका छन् ।

विहीबार सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, शिक्षण अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेशवार गौतमका अनुसार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा तीन जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बाजुराका तीन जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, शिक्षण अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका एक जनामा संक्रमण पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३७५ जनाको नमुना परीक्षण गर्दा २ जनामा पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी कैलालीको टिकापुरमा एक जना र अछामको साँफेबगरमा १ जना कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । टिकापुरका २९ बर्षिय पुरुष र साफेबगरका २७ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

विहीबारसम्म देशैभरी विहीबारसम्म ६ हजार २ सय ९६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३ सय ५८ जना, प्रदेश नम्बर २ मा २ हजार ६ सय ९३, बागमती प्रदेशमा ८ सय ३५ र गण्डकी प्रदेशमा २ सय ८० जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७७, कर्णाली प्रदेशमा २ सय ६३ जना उपचाररत छन् । धेरैको अवस्थामा सामान्य रहेको बताइएको छ । त्यसैगरी विहीबार देशभर ३६० जना संक्रमित थपिएका छन् । अब नेपालमा कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal