आज :

कोरोना नियन्त्रण गर्न भारत असफलः ४१ हजार बढीको ज्यान गयो, २० लाख बढी संक्रमित

काठमाडौँ । छिमेकी भारतमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । दिनदिनै झनझन फैलिरहेको कोरोना नियन्त्रण बाहिर गएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न भारत सरकार असफल हुँदै गएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

पछिल्ला दिनहरुमा भारतमा दोब्बरको हिसाबमा संक्रमित थपिएका छन् । विहीबार एकै दिन करिब ६० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै भारतमा ज्यान गुमाउनेको संख्या ४१ हजार नाघेको छ ।

कोरोना निको हुनेभन्दा संक्रमण दुई गुणाले बढी रहेको छ । शुक्रबार रातसम्म आउँदा भारतमा संक्रमितको संख्या २० लाख २५ हजार ४०९ पुगेको छ । जसमध्ये १ हजार ६३८ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी अमेरिमाकामा संक्रमितको संख्या ५० लाख नाघेको छ । जसमध्ये १ लाख ६३ हजारले ज्यान गुमाएका छन् । अमेरिकामा अहिले पनि करिब २५ लाख सक्रिय संक्रमित रहेको विवरण सार्वजनिक भएका छन् ।

कोरोना प्रभावको हिसाबले दोस्रो स्थानमा रहेको ब्राजिलमा २९ लाख भन्दा बढी संक्रमितको संख्या रहेको छ । शुक्रबार विहानसम्म ब्राजिलमा संक्रमितको संख्या २९ लाख १७ हजार ५६२ पुगेको छ भने ९८ हजार ६४४ जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा अहिले पनि करिब ९ लाख संक्रिय संक्रमित रहेका छन् ।

सुरुका दिनमा तीब्र गतिमा कोरोना फैलिएको रुसमा अहिले भने नियन्त्रणमा आएको छ । शुक्रबार विहानसम्म रुसमा ८ लाख ७१ हजार ८९४ संक्रमित रहेका छन् । जसमध्ये ६ लाख ७६ हजार बढी निको भएर घर फर्किसकेका छन् भने १४ हजार ६०६ ले ज्यान गुमाएका छन् ।

त्यसैगरी दक्षिण अफ्रिकामा पनि मृतकको संख्या नियन्त्रणमै रहेपनि संक्रमित भने थपिँदै गएका छन् । अहिले त्यहाँ ५ लाख ३८ हजार १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९ हजार ६०४ जनाले ज्यान गुमाएका छन् भने ३ लाख ८७ हजार बढीले जितेर घर फर्किएका छन् । जनसंख्याको हिसाबमा भारत, रुस र अमेरिकाको तुलनामा यो संक्रमितको संख्या भने उच्च रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal