आज :

काठमाडौँमा कोरोना संक्रमणको डरलाग्दो रेकर्डः विहीबार थप ८७ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्ला दिनमा कोरोनाभाइरस काठमाडौँ उपत्यकामा तीब्र गतिमा फैलिरहेको छ । विहीबार अहिलेसम्मकै धेरै जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार दिएको जानकारीअनुसार काठमाडौँका तीनवटै जिल्लामा गरी थप ८७ जनामा कोरोनाका नयाँ संक्रमित भेटिएका हुन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो कोरोना संक्रमणको यो नयाँ रेकर्ड हो ।

बुधबार काठमाडौँका एक जनाको कोरोनाका कारण ज्यान गएको थियो । आज पनि एक जनाको ज्यान गएको छ । ओम अस्पतालमा उपचारको क्रममा एक महिलाको ज्यान गएको हो । दिउँसो मात्रै पाँच जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।

त्यसैगरी आज देशभर ३६० जना संक्रमित थपिएका छन् । अब नेपालमा कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।
अहिले देशभरीका अस्पतालहरुमा ६ हजार २ सय ९६ जना उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा ३ सय ५८ जना, प्रदेश नम्बर २ मा २ हजार ६ सय ९३, बागमती प्रदेशमा ८ सय ३५ र गण्डकी प्रदेशमा २ सय ८० जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७७, कर्णाली प्रदेशमा २ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ९० जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

त्यसैगरी विहीबार थप ३ सय ३३ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचाररत उनीहरुलाई आजै डिस्चार्ज भएर घर फर्र्किएका छन् । कोरोना जित्नेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा ९ सय ३७, प्रदेश नम्बर २ मा ३ हजार २ सय ३४ र बागमती प्रदेशमा ५ सय ९१ जना डिस्चार्ज भएका छन् । यस्तै गण्डकी प्रदेशमा १ हजार ३ सय ६२, प्रदेश नम्बर ५ मा ४ जहार ९७, कर्णाली प्रदेशमा १ हजार ७ सय ७७ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९१ जना संक्रमित निको भएर डिस्र्चाज भएका छन् ।

देशभरीका क्वारेन्टिनमा ९ हजार ४ सय ७० जना रहेका छन । प्रदेश नम्बर १ मा १ हजार ६ सय ५०, प्रदेश नम्बर २ मा १ हजार २ सय ८, बागमती प्रदेशमा ७ सय ८४ र गण्डकी प्रदेशमा २ हजा ५ सय ६४ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हनजार ३ सय १२, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २६ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal