आज :

कोरोनाका कारण एकैदिन पाँच जनाको ज्यान गएको पुष्टि भएसँगै राति हिँडडुल गर्न प्रतिबन्ध

काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण नेपालमा एकैदिन ५ जनाको ज्यान गएको छ । पर्सा, मोरङ र काठमाडौँमा गरी पाँच जनाको ज्यान गएको बुधबार पुष्टि भएको हो । पर्सा र मोरङमा दुई दुई जना र काठमाडौँमा एक जना गरी पाँच जनाको ज्यान गएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार पर्साको वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको ज्यान गएको छ । मृतक पुरुषको वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । उन मधुमेहका बिरामी भएको बताइएको छ । साउन १८ गते उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
साउन २० गते स्वास्थ्यमा समस्या भएपछि राति साढे १० बजेतिर अस्पताल भर्ना भएका उनमा खोकी र ज्वरो थियो । अक्सिजन दिँदा पनि स्वास्थ्यमा सुधार नभएको अस्पतालले बताएको छ ।

त्यस्तै, साउन १९ गते ज्यान गुमाएकी पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा कोरोना संक्रमाण पुष्टि भएको छ । झाडावान्ता भएपछि उनलाई सोमबार नेशनल मेडिकल कलेज लगिएको थियो । तर इमर्जेन्सीमा पुग्नासाथ चित्किसकले मृत घोषणा गरे ।पोखरिया–८ जगतपुर घर भएकी ती युवतीमा कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनी बिरामी हजुरआमाको स्याहारका लागि पोखरिया–९ सिमरवारी स्थित मामा घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।

बुधबार मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा निधन भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै ज्यान गएका रंगेली नगरपालिकाका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षीय पुरुषको भने बुधबार बिहान अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याउने क्रममा बिहान १०ः३० बजे ज्यान गएको थियो । कोशीको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी काठमाडौँस्थित बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमित महिलाको पनि ज्यान गएको छ । सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएर उपचाररत थिइन् ।

मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनमा साउन १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत भएको थियो । योसँगै नेपालमा कोरोनाका कारण ६३ जनाको ज्यान गएको छ ।

एकैदिन पाँच जनाको कोरोना भएसँगै सरकारले राति हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । गृहमन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बिहीबारदेखि लागू हुने गरी राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने बताएको छ ।

मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीका अनुसार काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा राति हिँडडुल गर्न प्रतिबन्ध लगाइएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal