आज :

कोभिडबाट थप २ जनाको ज्यान गयो, देशभर ३८१ जना नया सङ्क्रमित

काठमाडांै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घन्टामा २ जनाको ज्यान गए सगै थप ३८१ जनामा कोभिड १९ पुष्टि भएको छ । अाज २ जनाको ज्यान गए सगै नेपालमा अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमित कोसङ्ख्या ६० छ ।

आज ज्यान गुमाउने पर्साकी १८ वर्षीया महिला हुन् । उनलाई गत सोमवार झाडापखालाले ग्रस्त भएपर्छि उपचारका लागि न्याश्नल अस्पताल लग्दै गर्दा बाटोमा ज्यान गएको थियो । पछि सव परिक्षण गर्दा उनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।

त्यसै गरी अर्का ज्यान गुमाउने वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुष रहेका हुन् । मधुमेहका रोगी रहेका उनलाई खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । नारायणी अस्पतालका डा. निरज सिंहका अनुसार कोभिडै कै कारण उनको बुधवार बिहान उनकाे ज्यान गएको हो ।

मन्त्रालयका अनुसार नेपालमा अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ६,१७४ छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१,३९० पुगेकोे छ।
विगत २४ घण्टामा पीसीआर विधिबाट ६,३५९ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । आज १३० जना निको भएका छन् भने भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १५,००० नाघेको छ।

अहिले देशभरि विभिन्न स्थानमा ९,९२५ मानिसहरू क्वारन्टीनमा रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म गरिएको पीसीआर परीक्षणको सङ्ख्या चार लाख नाघेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal