आज :

कोरोनाबाट थप १ जनाको ज्यान गयो, काठमाडौं उपत्यकामा ६२ सहित देशभर २५९ जना नयाँ संक्रमित

काठमाडांै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमलले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना बाट थप १ जनाको ज्यान गएकाे छ । त्यस्तै काठमाडौं उपत्यकामा ६२ सहित देशभर २५९ जना नयाँ संक्रमित भेटिएका छन् ।

आज कोरोना भाइरस बाट ज्यान गुमाउन मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धाको भएको मन्त्रालयले बताएको छ । ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि १९ गते विहान कोसी अस्पताल भर्ना भएका ती वृद्धाको १९ गते नै ज्यान गएको हो । मधुमेह तथा उच्च रक्तचापका विरामी उनको उपचारका क्रममा ज्यान गएकोे हो ।

त्यस्तै आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका ५ जना, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा भक्तपुरका एक जनामा , स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको छ ।

एआइडि एच ल्यावमा गरिएको परीक्षणमा काठमाडौंका तीन जना, नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३८ र भक्तपुरका ११ जना गरी जम्मा काठमाडौं उपत्यकामा ६२ संक्रमण पुष्टि भएको  मन्त्रालयका प्रवक्ता डा. गौतमका बताए ।

त्यसै गरी पछिल्लो २४ घण्टामा ६५ जनाले कोरोना जितेर घर फर्केका छन् । हालसम्म निको भएकाको संख्या १५ हजार २६ पुगेको छ । मन्त्रालयका अनुसार हाल सम्म ५८ जनाले कोरोनाबाट कोरानाबाट ज्यान गुमाई सकेका छन् भने संक्रमित बढेसंगै कूल संक्रमितको संख्या २१ हजार ९ पुगेकोे छ ।

ती जम्मा संक्रमित मध्ये हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २५ रहेको छ । त्यस्तै ५ हजार ९ सय २५ जना आइसोलेसनमा रहेका छन् भने १० हजार ४ सय ५२ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयले कोरोनाबाट बच्ने एकमात्र उपायसामाजिक दूरी, मास्क र सेनिटाइजरमात्र भएको भन्दै अनिवार्य रुपले अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal