आज :

बालुवाटारमा कोरोना विज्ञसहितको सर्वपक्षीय छलफलः पुनः लकडाउन गर्न प्रधानमन्त्री सकारात्मक

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि प्रधानमन्त्री केपी शर्मा ओली पुनः लकडाउन जारी गर्न सकारात्मक भएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विज्ञहरुसहितको सर्वपक्षीय छलफलमा विज्ञहरुले पुनः लकडाउन गर्न सुझाव दिएका थिए । विज्ञहरुको सुझावलाई प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको बताएका थिए ।

छलफलमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको जोखिमलाई सर्वसाधारण, नेपाली मिडियाहरु र आफ्नै पार्टीका कार्यक्रताहरुले गम्भीर ढंगले नलिएको गुनासो समेत गरे । त्यस्तै प्रधानमन्त्री ओलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । त्यसैगरी उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवाही गरेको र स्वार्थको पछाडि कुदेको टिप्पणी गरे । संकटको बेलामा केही सञ्चार माध्यमहरुले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको भन्दै प्रम ओलीले गुनासो गरे । उनले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह पनि गरेका छन् ।

छलफलको क्रममा ओलीले भने,‘‘देश यस्तो संकटमा भएका बेला यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमले जता पल्टाए पनि विरोध, उता पल्टाएपनि विरोध गर्ने । कहिले क्वारेन्टाइनमा राख्यो भन्ने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन, भन्ने लकडाउन गर्यो भने किन गर्यो भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने ।’’

आफ्नो पार्टीका नेता कार्यकर्ता गैरजिम्मेवार भएको भन्दै ओलीले भने ‘‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैरजिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन नभेको छ । तर मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो ? के गर्ने हो ? त्यस्तो सोँच केहीपनि छैन । तर बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ । स्थायी कमिटी अहिले नै बस्नुपर्यो, भरे बस्नुपर्यो त्यसबाहेक केही छैन । यो देश र जनताप्रतिको गम्भिर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृतिहरु निकै व्यापकरुपमा देखिन्छ ।’’

छलफलमा सहभागीहरुले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकार जिम्मेवार नभएको भन्दै पुनः लकडाउन गर्ने पर्ने सुझाव दिए  । उनीहरुले अहिलेको जस्तै लापरवाही गरिए कोरोनाको अवस्था भयाबह हुने भन्दै सीमा नाका बन्द गर्न समेत सुझाव दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal