आज :

सत्तारुढ (नेकपा) भित्र चौथो गुट जन्मियो, सानेपामा बादलको छुट्टै भेला

काठमान्डौं । नेपाल कम्युनिस्ट (नेकपा) भित्र चौथो समूहको जन्म भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड, नेता माधवकुमार नेपाल समूह सक्रिय रहेकै बेला सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि समूह बनाएका छन् ।

बादलले सानेपास्थित एक होटलमा आफ्ना समूहका नेताहरुलाई बोलाएर छलफलसँगै (नेकपा) भित्तार चौथो समूहको औपचारिक रुपमा जन्म भएको हो । बादल समूहको छलफलमा ३५ जना केन्द्रीय सदस्यहरु सहभागी भएको बताइएको छ । भेलमा ओलीसँग सहकार्य गर्ने वा प्रचण्ड-नेपाल समूहसँग मिलेर जाने भन्ने विषयमा छलफल भएको एक नेताले बताए । त्यस्तै सानेपाको होटलमा जम्मा भएका थापा पक्षका नेताहरु मन्त्री क्वार्टरमा पनि पुगेर छलफललाई निरन्तरता दिएका थिए ।

पार्टीभित्र अहिले गम्भीर समस्या आइपरेको हुनाले कसरी अघि बढ्न सकिन्छ र के धारणा बनाउन सकिन्छ भनेर छलफलमा जुटिएको एक नेताले जानकारी दिएका छन । त्यसै गरी छलफलमा सहभागी केही नेताहरुले दाहालसँग मिलेर जानुपर्ने धारणा राखेका थिए भने केही नेताहरुले महाधिवेशनसम्म ओलीसँगै मिलेर जानुपर्ने धारणा राखेको थिए ।

मुख्यतः पार्टी एकता जोगाउन सक्दो भूमिका निर्वाह  गर्ने र अहिले देखिएको पार्टी भित्रको आन्तरिक समस्या समाधानको बाटो निकाल्न बहस केन्द्रित भएको पनि बताए ।छलफलमा सहभागि नेताहरुले महाधिवेशनसम्म ओलीसँग मिल्दा नै अधिकतम उपलब्धी हुने जिकिर गरेको पनि बताए ।

त्यस्तै पार्टीभित्र देखा परेका समस्या समाधान गर्न महाधिवेशनमार्फत समाधान गर्नुपर्ने बादलको धारणा थियो । एमसीसी, संसद विघटन, राष्ट्रपति शासन, अध्यादेश लगायतका विषयमा भने सहमत हुन नसकेको छलफलका निकर्ष छ ।

एकताबद्ध पार्टीले मात्र आगामी महाधिवेशनबाट समाजवादको मुर्त कार्यदिशा निर्माण र लागू गर्न सक्षम हुने थापा निकट केन्द्रिय सदस्यले बताएका छन ।

त्यस्तै अध्यक्ष ओली र कार्यकारी प्रचण्ड-नेपालले समेत आफू पक्षका नेताहरुलाई बोलाएर छलफल शुरु गरेका छन् । प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर चर्को राजिनामा माग गरिएकोले सचिवालय बैठक नै अलपत्र परेको छ । ओलीले एको तर्फी रुपमा स्थायी समिति बैठक स्थगित गरे‍सँग थप विवाद चर्किएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal