आज :

लकडाउन खुलेसँगै काठमाडौं उपत्यका उच्च जोखिममाः एकैदिन ५३ जनामा संक्रमण, फेरि लकडाउन गर्न सुझाव

काठमाडौं । सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेसँगै काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ४८ र ललितपुरका ४ जना र भक्तपुरका १ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका थिए । विश्व स्वास्थ्य संगठनलगायत विज्ञ तथा चिकित्सकहरुले कलडाउन खुलेपछि सबैभन्दा बढी जोखिम काठमाडौँ रहेको बताएका थिए । उनीहरुले पूर्णरुपमा लकडाउन नखुलाउन सरकारलाई सुझाव समेत दिएका थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल, टिचिङ, पाटन र नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यतिधेरै संक्रमित भेटिएका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार दिएको जानकारीअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ जना र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ जना र ललिपुरका एक जना छन् ।

टिचिङ अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ जना र ललितपुरका एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यस्तै, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा २१ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

लकडाउन खुलेसँगै काठमाडौँमा कोरोना समुदायमा पुगेको आशंका गरिएको बेला यति धेरै जनामा संक्रमण भएको पुष्टि भएको हो । एकजना व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएसँगै महावौद्ध–असन क्षेत्रका केही स्थान सील गरिएको छ । ती व्यवसायीमार्फत कोरोना समुदायमा पुगेको हुन सक्ने विज्ञहरुले बताएका छन् । त्यसैगरी परीक्षणको दायरा साघुरो भएकै कारण काठमाडौँमा कोरोनाका वास्तविक अवस्थाबारे जानकारी हुन नसकेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal