आज :

कोरोनाको उपचार नपाएर बझाङमा एक जनाको घरमै निधन

धनगढी । कोरोना भाइरसको उपचार नपाएर बझाङमा एक जनाको ज्यान गएको छ । बझाङको बुंगल ३ का ६५ वर्षिय पुरुषको साउन ९ गते निधन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको निधन कोरोनाका कारण भएको मंगलबार पुष्टि गरेको थियो ।

असार २४ गते भारतको बैंग्लोरबाट घर फर्केका थिए । समयमै कोरोना परीक्षण रिपोर्ट नआउनु र लक्षण देखिँदा पनि उपचार हुन नसकेकै कारण उनको ज्यान गएको स्थानीयले जनाएका छन् । दमको सामान्य समस्या भएका ती पुरुषमा स्वाशप्रस्वास अवरुद्ध हुने र ज्वरो आउँदा समेत समयमै उपचार हुन सकेको थिएन । योसँगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार ३ सय ११ जना संक्रमित थपिएर नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको जानकारी दिए ।

मंगलबार पीसीआर विधिबाट ५ हजार ३२ जनाको कोरोना परीक्षण भएको छ । योसँगै आजसम्म पीसीआर विधिबाट ३ लाख ५३ हजार ३ सय ७ जनाको कोरोना परीक्षण भएको छ ।

५ हजार १ सय २९ जना अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । मंगलबार १ सय २१ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म कोरोना मुक्त हुनेको संख्या १३ हजार ८ सय ७५ रहेको छ । देशभरीका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा १५ हजार ३ सय ३१ जना रहेका छन् ।

सरकारले उपत्यका छिर्ने मुख्य नाकाहरुमा कोरोना परीक्षणका लागि नमुना संकलन गरिरहेको छ । आज दिउँसो ४ बजेसम्म फर्पिङ नाकाबाट ४ सय ५५। थानकोट नाकाबाट २ हजार ९ सय १४ र साँगा ९ सय ४४ गरी ४ हजार ८ सय १३ वटा नमुना संकलन भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal