आज :

कोरोना जोखिम कायमै थप ३११ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ४८ जना

काठमान्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप ३११ जनामा कोरोना भाइरस (कोभिड (१९) संक्रमण देखिएको छ ।

सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो भने सोमबारको तुलनामा नेपालमा कोरोनाको संख्या ह्वात्तै बढेको हो । आज सम्म कोरोनाका संक्रिय बिरामीहरुको संख्या ५ हजार १सय ३९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा १२१ जनाले कोरोना जितेर घर फर्किएका छन ्। आज सम्म कोरोना जित्नेको कुल संख्या १३ हजार ८७५ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या १५ हजर ३३१ पुगेको छ । मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार १ सय २९ जनाको उपचार भइराखेको छ ।

आज प्रदेश १ मा २१७ जना, प्रदेश २ मा १ हजार ९ सय २२ जना , बागमती प्रदेशमा ४६१ जना, गण्डकी प्रदेशमा २६० जना , प्रदेश ५ मा ३९९ जना, कर्णाली प्रदेशमा ३७९ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५०१ जना रहेका छन्। आजको नयाँ संक्रमित सहित कूल संक्रमितको संख्या १९ हजार ०६३ पुगेको छ ।

प्रवक्ता डा. गौतमको अनुसार काठमाडौंमा मात्रै ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal