आज :

(नेकपा)को विवाद उत्कर्षमाः ओलीले स्थगित गरेको बैठक प्रचण्डको अध्यक्षतामा जारी, बहुमत सदस्यहरुको सहभागिता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेको छ । दुई अध्यक्षबीच विवादलाई घटाउने भन्ने सहमतिका साथ बैठक स्थगित गरिएको भएपनि त्यो हसन सकेको छैन । आज (मंगलबार) को लागि बोलाइएको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक पक्षिय रुपमा स्थगित गरेपछि विवाद झन बढेको छ ।

ओलीले बैठक स्थगित गरेपनि अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा जारी छ । ओलीले एक पक्षीय रुपमा बैठक स्थगित गरेपनि प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले अस्वीकार गर्दै सुरु गरिएको छ । ओली पक्षीय नेताहरु सहभागी नभएपनि बहुमत स्थायी समिति सदस्यहरु सहभागी भएको बताइएको छ ।

एक नेताकाअनुसार बैठकअघि ओलीसँग प्रचण्डसहित झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले छलफल गरेका थिए । तर कुरा नमिलेपछि प्रचण्डको अध्यक्षमा बैठक सुरु भएको थियो । बैठक स्थगित गर्नेबारे आफूसँग कुनै छलफल नगरिएको भन्दै प्रचण्ड–नेपाल समूहले बैठक बस्नुपर्ने निष्कर्ष निकालेको थियो ।

बैठक सुरु हुनुअघि प्रचण्डले स्थायी समिति सदस्यहरुसँग छलफल गरेको थिए । छलफलमा प्रचण्डले बैठक स्थगितबारे आफूलाई बैठक सुरु हुनुअघि प्रचण्डले स्थायी समिति सदस्यहरुसँग आन्तरिक छलफलमा सहभागी नेताहरुले पछि नहट्ने भनेपछि बैठक सुरु भएको थियो ।
कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गरेको विज्ञप्तिमा पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको उल्लेख छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यशैलीको विरोध गर्दै दुबै पदबाट राजिनामा दिन दवाव दिएसँगै निकपा) भित्रको
प्रचण्डसहितका नेताहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्ने माग राखेपछि (नेकपा)भित्र विवाद चर्किएको हो ।

यसैबीच उपाध्यक्ष बामदे गौतमल क्याम्प परिवर्तन गरेका छन् । उनले प्रचण्ड–नेपाललाई छोडेर फेरि ओलीको क्याम्पमा गएका छन् । गौतमले ६ बुँदे प्रस्ताव समेत गरेका छन । गौतमले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट हटाउन नहुने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal