
काठमान्डौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली बिना नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले दिएको जानकारी अनुसार बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा शुरु हुँदैछ ।
आज प्रधानमन्त्री ओलीले बोलाइएको स्थायी कमिटी बैठक एकतर्फी निर्णय लिएर स्थगित गर्ने निर्णय गरेका थिए । तर, दाहाल–समूहका नेताहरु बालुवाटार पुगिसकेकाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले बैठक नरोक्ने निर्णय लिएपछि आलीको उपस्थिति बिना नै बैठक शुरु हुने भएको हो ।
बैठकमा प्रधानमन्त्री ओली निकट नेताहरुको भने उपस्थिति रहको छ । यस अघि पाटिमा प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेको थियो । तर आजको बैठकमा भने नियमित अजेण्डामा छलफल हुने भनिएकोे छ ।
त्यस्तै गएको १० असारबाट शुरू भएर पटकपटक स्थगित हुँदै आएको पार्टीको स्थायी समिति बैठकमा सहमति हुन नसकेपछि सत्तारुढ (नेकपा)का स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईलेले मंगलबार हतारमा कुनै कदम नचाल्न आग्रह गरेका थिए भने नेकपामा दुर्घटना नजिकिएको भन्दै थप कदम चाल्नबाट रोकिन आग्रह गरेका छन् ।