आज :

नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी लगायत अन्य ५ जना गिरफ्तार

काठमान्डौं । ‘विप्लव’ नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी गिरफ्तार परेका छन् । त्यस्तै बिसीसँगै दलित मुक्ति मोर्चाका केन्द्रीय महासचिव रामलाल विक, होमबहादुर खड्का, भीमबहादुर श्रेष्ठ र दानबहादुर श्रेष्ठ गिरफ्तार परेका छन् ।

उनलाई प्रहरीले सोमबार साँझ पूर्वी चितवनको राप्तीबाट नियन्त्रणमा लिएको हो । गिरफ्तारहरु परेकाहरु माथि बिस्तृत रुपमा अनुसन्धान जारी रहेको वागमती प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्तकुमार लामाले जानकारी दिए ।

त्यस्तै केहि दिन अघि विप्लव’ नेतृत्वको नेकपाको पार्टी केन्द्रीय सदस्य तथा सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, पार्टी सेती(महाकाली ब्युरो सदस्य तथा महिला केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची(कोसी ब्युरो सदस्य जोखिमलाई गिरफ्तार गरेको थियो ।
तर सरकारले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने, वार्ता र भेटघाटका प्रचार गर्ने अर्कोतिर जिम्मेवार कमरेडहरूलाई गिरफ्तार गरिरहेकाले भन्दै उसका चालबाजीप्रति महासचिव विप्लवले आक्रोशित हुँदै आवश्यकता अनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाही चलाउन कार्यकर्तालाई निर्देशन दिएको थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal