आज :

नेकपाका चितवन इन्चार्ज बिसी र दलित मुक्ति मोर्चाका महासचिव रामलाल बिक गि रफ्तार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसीलाई प्रहरीले गि’रफ्तार गरेको छ । प्रहरीले पूर्वी चितवनको रातौलीबाट बिसीसहित ८ जनालाई सोमबार साँझ गि’रफ्तार गरेको हो ।

त्यस्तै सो पार्टी निकट दलित मुक्ति मोर्चाका महासचिव रामलाल बिकलाई पनि सँगै गिरफ्तार गरेको छ । अन्य स्थानीय नेताहरुको नाम खुलेको छैन् ।

हिजो नेकपाकी नेतृ उमा भुजेललाई प्रहरीले अदालतको आदेशमा रिहा भएलगत्तै दसौँपटक गि’रफ्तार गरेको थियो । भुजेलसँगै सुमनसिंह पौडेल र मीनप्रसाद तीनजनाको बहस–पैरवी साउन ११ गते सङ्खुवासभाको पुरानो सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ । उनीहरूलाई सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले सङ्गठित अपराध, आगजनी तथा विस्फोट, विस्फोटक पदार्थ सञ्चय तथा ओसारप्रसार र उस्तै प्रकृतिको वि’स्फोटक पदार्थ ओसारप्रसार, सञ्चय र प्रयोग मुद्दा लगाएको थियो ।

प्रहरीले उनीहरूलाई खरखजाना मुद्दा पनि लगाएको छ । राजनीतिक आस्थाका आधारमा गिरफ्तार गरिएका नेताहरूका पक्षबाट अधिवक्ताहरू भवानीप्रसाद आचार्य र चेतनाथ ढकालले पैरवी गरेका थिए । जिल्ला न्यपायाधीश कान्तिराम आचार्यले थुनछेक आदेश गरेका हुन् ।

साउन १२ गते भएको थुनछेक आदेशअनुसार, उमा भुजेललाई ३ वटा मुद्दामा जम्मा १ लाख धरौटी र २ वटामा साधारण तारिखमा रिहा गर्ने फैसला भएको छ । नेता पौडेललाई ३० हजार धरौटीमा रिहा गर्ने फैसला भएको छ भने मीनप्रसाद पोखरेल साधारण तारेखमा रिहा भएका छन् । उमा भुजेललाई दसौं पटक गि’रफ्तार गरी सुनसरी लगिएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal