
काठमाडौँ । नेपालमा लकडाउन खुलेर सामान्य बन्दै गएको जनजीवन एकाएक सशंकित भएको छ । कोरोना कारण सोमबार थप ३ जनाको ज्यान गएको पुष्टि भएसँगै जनजीवन फेरि त्रसित बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण ज्यान गएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार बाराको फेटा ३ का ६० वर्षिय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । उनी निमोमिया, मस्तिस्कघात र मृगौला सम्बन्धि रोगबाट पीडित भएको बताइएको छ । त्यसैगरी पर्साको वीरगञ्ज १० बस्दै आएका ६५ वर्षिय भारतीय नागरिकको पनि कोरोनाका कारण ज्यान गएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनको साउन १० गते विहान गण्डक अस्थायी कोभिड अस्पतालमा ज्यान गएको थियो । ती पुरुष मुटु र मधुमेह रोगका विरामी थिए ।
धनुषा सहिदनगर ८ का ३६ वर्षिय पुरुषको पनि ११ गते नै कोरोनाका कारण ज्यान गएको छ । साउन १० गते ज्वरो र खोकीसँगै स्वासप्रस्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीमा भर्ना भएका थिए । आइसियुमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार नआएपछि उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । उपचारमा लैजाँदै गर्दा उनको ज्यान गएको थियो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।
यसैबीच काठमाडौँ उपत्यकासहित देशभर थप १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुर र काठमाडौंमा ३–३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार सबैभन्दा धेरै दैलेखमा २८ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०र१० जनामा संक्रमण पुष्टि भएको छ ।
बैतडीका ४, काठमाडौं, ललितपुर र कास्कीमा ३र३ जना, सल्यानमा २ तथा सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एकरएक जनामा पनि संक्रमण देखिएको छ ।