आज :

थपिए देशभर १३९ जना कोरोना संक्रमित, ३ जनाको ज्यान गयो, ६२६ जनाको डिस्चार्ज

काठमाडांै । आज देशभर थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६२६ जना संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्  ।

आज देशभर कुल संक्रमितको संख्या १८ हजार ४५२ पुगेको छ भने १३ हजार ७५४ जना डिस्चार्ज भइसकेका छन् ।
४ हजार ९५० संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

देशभर १६ हजार ३७९ जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै २४ घण्टामा तीन जना मृतकमा कोरोना पुष्टि भएसंगै मृतकको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।

आइतबार पर्सा वीरगंज बस्ने ६५ वर्षीय भारतीय नागरिकको, आइतबारै धनुषा शहीदनगरका ३६ वर्षीय पुरुषको र बारा फेटाका ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको हो ।

अहिले सम्म कोरोना संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय १८ जनाको पीसीआर परीक्षण भएको छ । देशभर हाल १६ हजार ३ सय ७१ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal