आज :

कालापानी-लिम्पियाधुरा र गुन्जी, क्षेत्रमाथि भारतले फेरि धावा बोल्यो, नेपालीहरुको अवैध प्रवेश भइरहेको भन्दै लेख्यो यस्ता पत्र

काठमान्डौं । नेपालीको आपm्नै भुमि कालापानी, लिम्पियाधुरा र गुन्जी, क्षेत्रमा नेपालीहरू अवैध तरिकाले प्रवेश गरेको भन्दै भारतले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ । कालापानी, लिम्पियाधुरा र गुन्जी क्षेत्र आफ्नो हो भन्ने दाबि गदै यस्तो पत्र पठाएकोे छ ।

भारतको धार्चुला प्रशासनले पत्र पठाउदै ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश भइरहेको बारेमा नेपाललाई जानकारी गराउन भन्दै पत्र पठाएको हो ।

उस्ले पठाएको पत्रमा भनिएको छ, नेपाली गुट समूह भारतको कालापानी, लिम्पियुरा र गुन्जीमा अवैधरूपले लुकिछिपी सीमा पार गरी आउन चाहेको उल्लेख गरिएको छ ।

अनुरोध छ कि यस प्रकारको कुनै सूचना तपाईहरूलाई प्राप्त भएमा त्यसको जानकारी तत्काल दिने कष्ट गर्नुहोला । तर आफ्नो भूभागमा गएको बारे अर्को देशलाई जवाफ दिइरहन नपर्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।

धार्चुलाका उप जिल्ला अधिकारी अनिलकुमार शुक्लाका अनुसार सुरक्षाका लागि व्यास गाउँपालिका १ गाँगामा २५ जना सुरक्षाकर्मीसहितको बीओपी स्थापना भएको र अरु ठाउँमा पनि स्थापनाको तयारी भएको छ ।

तिङ्कर भञ्ज्याङमा बीओपी स्थापनाका लागि जग्गा पहिचान भएर टेण्डर प्रक्रिया सुरु भइसकेको छ भने माथिल्लो पौवामा जग्गा पहिचान गर्न सम्बन्धित पालिकालाई निर्देशन दिइएको छ ।

ती क्षेत्र भारतले आफ्नो दाबी गर्दै नेपालीको प्रवेशमा रोक लगाउन यस्तो कदम चालेको हुन सक्छ् । त्यस्ौ गरी टिङ्कर, छाङरूङ क्षेत्रमा सशस्त्र तथा नेपाली सेना पुगेदेखि चहलपहल बढेका कारण भारतले सशंकित भइ पत्र पठाएको हुनसक्ने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरल बताएका छन् ।

भारतले कालापानी, लिम्पियाधुरा समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि दुई देश बिच विवाद सुरू भएको थियो । नेपालले सिमा बिबाद सुल्झाउन बारबार कुट्नितिक पत्र पठाउदा समेत भारतले कोरोनाको कारण देखाउदै बार्त गर्न रुचि देखाएको छैन । तर नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जेठ ७ गते आफ्नो नयाँ नक्सा जारी गरिसकेको छ

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal