आज :

पोखरा विश्वविद्यालको परिक्षा भदौ अन्तिम साताबाट हुने, सुचनासहित

काठमाडौँ ।  नेपाल सरकारले भदौदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै पोखरा विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यलयले कोराना भाईरसका कारण रोकिएका स्नातक र स्नातकोत्तर तहका परीक्षाहरु भदौको अन्तिम साताबाट सुरु हुने सुचना जारी गरेको छ ।

विश्वविद्यालयले सोमबार जारी गरेको सुचनामा भनिएको छ, कोरोना भाइरसको महामारीका कारण स्थगित परिक्षा भदौको अन्तिम साताबाट परीक्षा सुरु गरेर दशैँअघि नै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

त्यस्तै लामो दूरीका गाडी भदौ १ बाट सञ्चालनमा आउने, विद्यार्थीहरू देशका विभिन्न भागमा छरिएर रहेकाले भदौ सुरुमा परीक्षा सञ्चालन गर्न नसकिने तर भदौको अन्तिमबाट परीक्षा सञ्चालन गर्न सम्भव हुने र सञ्चालन गर्दा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई परिक्षा गर्ने जनाएको छ ।

विश्वविद्यालयले पदाधिकारी विहीन रहेको र पदाधिकारी नियुक्ति भएसँगै परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने भन्दै विश्वविद्यालयले विद्यार्थी, शिक्षक र कलेजहरुलाई आ–आफ्नो तयारीमा जुटन समेत अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal