आज :

बहिर्गमित जनमुक्ति सेनाले भन्यो-न्याय बिक्री भयो, प्रधानन्यायाधीश राणालाई महाभियोग लगाएर बर्खास्त गर्नुपर्छ

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेनाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश लोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीलाई महाभियोग लगाएर बर्खास्त गर्न माग गरेको छ । श्रमति ह त्यामा दोषी ठहर भएर सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडिआईजी रन्जन कोइरालालाई उन्मुक्ति दिएको भन्दै सो माग गरिएको हो ।

संगठनका प्रवक्ता राजन थापा ‘सुवास’ले विज्ञप्ति जारी गरेर अब न्यायलय स्वतन्त्र नरहेको भन्दै प्रधानन्यायाधीश राणाले न्याय बिक्री गरेको बताए । “कानुन पनि बिक्री हुँदोरहेछ भन्ने कुरा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरा र न्यायाधीश तेजबहादुर केसीले श्रीमति हत्यारालाई छुट दिएर पुष्टि गरिदिए । यो फैसलाले सरकार र कानुनी राज्यको धज्जि उडाएको छ । न्याय बिक्री गर्ने राणा र केसीलाई महाभियोग लगाएर कारवाही गर्नुपर्छ” विज्ञप्तिमा भनिएको छ ।

कोइरालाले श्रीमती गिता ढकाल (कोईराला) लाई मारेर बोरामा राखेर मकवानपुरको टिस्टुङमा लगेर जलाएका थिए । सोही मुद्दामा उनले २०६८ माघ ८ गतेदेखि सजाय भोगिरहेका थिए । जिल्ला अदालतले जन्मकैदलाई पुनरावेदन अदालत पाटनले सदर गरेपछि उनी जेल चलान भएका थिए । तर सर्वोच्च अदालतले उनलाई सजाय छुट गरेर सफाई दिएको थियो ।

सर्वोच्चको सो फैसलापछि चैतर्फी विरोध भइरहेको छ । फैसला गर्ने प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीविरुद्ध नारा लागेको बेला बहिर्गमति जनमुक्ति सेनाले महाअभियोग लगाउनु माग गरेको छ । उसले भनेको छ, “श्रीमतिको ह त्या गरी जलाएका पूर्वडिआईजी कोइरालाको जन्मकैदको फैसला घटाएर प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजालसले उल्टाएर ८ वर्ष ६ महिना सजाय कायम गरेर उन्मुक्ति दिएको छ । कुख्यात ह त्यारालाई जेलबाट छुटाउने प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीमाथि गम्भीर छानविन गरी महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दछौं ।”

त्यसैगरी संगठनका उपाध्यक्ष समेत रहेका प्रवक्ता सुवासले पीडितको न्यायको लागि रिहा गरिएका कोइरालालाई पुनः गि रफ्तार गरी आजीवन काराबासमा लाग्न समेत माग गरेका छन् । उनले सरकारले राणा र केसीलाई कारवाही नगरे आफूहरु सडकमा भाटे कारवाही गर्न बाध्य हुने समेत चेतावनी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal