
काठमान्डौं । झापाको भद्रपुरमा पोखरीमा डुबेर ३ जना बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनिहरु भद्रपुर–२ डिगाउँका १० वर्षका अंकुश तामाङ, भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा अन्दाजी १२ र १४ वर्षका करण र अर्जुन थामी हुन ।
भद्रपुर नगरपालिका – २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निमार्ण स्थलमा खनिएको पोखरीमा खस्दा उनीहरुको मृत्य भएको प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार तिनै जना बालक बुधबार दिउसो कमलधाप पर्यटन तथा सिमसार श्रेत्र स्थलमा खनिएको पोखरीमा गएका थिए । साझ सात बजे सम्म पनि बालकहरु घर नफर्केपछि उनिहरुको खोजिगर्ने क्रम्रमा उनिहरुको शव पोखरीमा डुबेको अवस्थामा फेला पारेका हुन् ।
दुर्घटना निर्माण कम्पनीले जथाभावी खाल्डो खनेर छाडेका कारण भएको भन्दै मृतकका परिवार, आपmन्त र स्थानीयवासीले नगरपालिका र निर्माण कम्पनीप्रति आलोचना गरिरहेका छन् ।