
काठमाडौं । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतमा २ जना, कास्कीमा २ जना र स्याङ्जामा १ जनामा कोारेना संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयले बिहीबार बिहान दिएको जानकारीअनुसार पर्वतको मोदी गाउँपालिकामा एक जना पुरुष र एक जना महिलामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु २५ र ३१ वर्ष उमेर समूहका छन् ।
त्यसैगरी कास्कीको पोखरा उपमहानगरपालिकामा २५ र ३८ वर्षका दुई जना र स्याङ्जाको चापाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको अवस्था सामान्य भएको बताइएको छ ।
विहीबारसम्म गण्डकी प्रदेशमा १ हजार ३ सय ५० जना कोरोना संक्रमण भएको छ ।