आज :

काँग्रेस नेता शाहीले कोरोनासँग जितेरै छोडे, भन्छन्-कोरोना जित्न मनोबल बलियो बनाउनु होला

सुर्खेत । नेपाली काँग्रेसका नेता प्रदेश सांसद जीवनबहादुर शाहीले कोरोना जितेर घर फर्केका छन् । कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता समेत रहेका शाहीले कोरोनासँग जितेर डिस्चार्ज भएका छन् ।

नेता शाहीलाई असार २९ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि उनलाई आइसोलेसनमा राखिएको थियो । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काका अनुसार शाहीलाई चिकित्सको निगरानीमा निवासमै आइसोलेशनमा राखिएको थियो ।
कोरोना संक्रमण पुष्टिपछि मंगलबार गरिएको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । निर्देशक खड्काले शाहीको स्वास्थ्य सामान्य भएको बताउँदै नियमित काममा जान सक्ने बताए ।

कोरोनामुक्त भएपछि नेता शाहीले अलि तनाव भएपनि पछि धैर्य गरेरै जितेको बताए । उनले कोरोनासँग जित्न मनोबल चाहिने समेत बताए । “कोरोना भाइरस जित्न आत्मबल चाहिने रहेछ, माया ममताको बढी खाँचो पनि त्यत्तिकै हुँदोरहेछ” शाहीले भने । उनले कोरोनाभन्दा मनोविज्ञानले मान्छेलाई गलाउने अनुभूति गरेको बताए ।

कोरोना संक्रमण पुष्टि भएपछि आफू घरमै बसेर नियमित तातोपानी पिउने र दैनिक पसिना बग्ने गरी नियमित व्याम गरेको शाहीले बताए । कोरोना लाग्दा मनोबल दरो बनाउन सुझाव समेत दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal