आज :

स्थानिय तहमा भएको भ्रष्टाचारको हिसाब राखेकाछौंः प्रकाश जन–सरकार प्रमुख हुम्ला

हुम्ला । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी जन–सरकार प्रमुख प्रकाशले देशका अन्य स्थानिय तहमा जस्तै हुम्ला जिल्लामा पनि व्यापक भ्रष्टाचार भएको र त्यसको नजिकबाट अध्ययन गरिरहेको बताएका छन् । हालै एरिया नम्बर तीन अन्तरगतको खार्पुनाथ गाउँपालिकामा भएको जनयुद्धका सहिद परिवार तथा घाइते योद्धाहरुको सम्मान कार्यक्रममा बोल्दै उनले सो चेतावनी दिएका हुन ।

जनसरकार प्रमुख प्रकाशले सयौं स्थानिय जनताहरुका बीचमा बोल्दै पछिल्लो समयमा स्थानिय तहमा विकास निर्माण तथा जनपक्षिय काम भन्दा पनि कागज मिलान गरेर करोडौं–करोडको रकम अनियमित भइरहेको जनगुनासो आएको बताए । जनताले आफ्नो पार्टीप्रति विश्वास र भरोसा राखेको र विगतका नेतृत्वहरु जस्तै आफूले भरोसा नतोड्ने पनि बताए । जनसरकारले सुक्ष्मरुपले गाउँगाउँमा भएको भ्रष्टाचारको अध्ययन गरिरहेको र उचित समयमा भ्रष्टहरुलाई कारबाही गरिने जनता समक्ष प्रतिबद्धता जाहेर गरे ।

सो कार्यक्रममा तीन नम्बर एरिया इन्चार्ज शक्तिले निकट भविष्यमा हुम्ला जिल्लाबाट भ्रष्टहरुलाई कारबाही गरिने चेतावनी दिए । कार्यक्रममा १२ जना जनयुद्धका सहिद परिवार र ७ जना घाइते योद्धाहरुलाई सम्मान गरिएको थियो । तीन नम्बर एरिया इन्चार्ज शक्तिको सभाध्यक्षतामा तथा जिल्ला जनसरकार प्रमुख प्रकाशको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । सो सम्मान कार्यक्रममा अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्य सगरमाथा, अखिल क्रान्तिकारी काठमान्डौ जिल्ला उपाध्यक्ष मिम लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal