आज :

लकडाउन खुलेकै दिन कोरोनाका कारण थप एक जनाको ज्यान गयो, मृतकको संख्या ४१ पुग्यो

काठमाडौँ । जारी लकडाउन अन्त्य भएकै दिन कोरोनाका कारण थप एकजनाको ज्यान गएको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचारको क्रममा ज्यान गएको छ ।

प्रतिष्ठानअनुसार उनको गएराति ७ बजे ज्यान गएको थियो । अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार गम्भीर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो ।

अस्पताल पुर्याउँदा नै गम्भीर अवस्थामा भएका पुरुषलाई आईसियूमा उपचार सुरु गरेर कोरोना परीक्षणको गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । गएराति उनको अन्त्यष्टि गरिएको छ ।

अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गएका अधिकांश दीर्घ रोगी भएपनि ती पुरुषमा त्यस्तो कुनै समस्या नभएको तर कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको थियो ।

योसँगै नेपालमा कोरोना कारण ज्यान गुमाउनको संख्या ४१ पुगेको छ । प्रतिष्ठानमा उपचारका लागि आएका दोस्रो कोरोना संक्रमितको ज्यान गएको हो । यसअघि सप्तरीको राजविराजका एक जनाको मृत्यु भएको थियो ।

यसअघि मंगलबार थप १५० जनामा कोरोन संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका काठमाडौंका ८ सहित थप १५० संक्रमित पुष्टि भएको थियो । हिजोसम्म संक्रमित रहनेको संख्या १७ हजार ९९४ पुगेको थिय‍ो ।
त्यसैगरी मंगलबार थप ६०९ जनाले कोरोना जितेका थिए । योसँगै नेपालमा कोरोना जित्नेको संख्या १२ हजार ४७७ पुगेको थियो । यो ६९.३४ प्रतिशत हो ।

देशभरीका विभिन्न आईसोलेसनमा ५ हजार ४ सय ७७ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८, प्रदेश नम्बर २ मा १ हजार ९ सय १३, बागमती प्रदेशमा ४ सय २१ र गण्डकी प्रदेशमा ३ सय ८० जना संक्रमित उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७०, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ जना संक्रमित उपचाररत रहेका छन् । क्वारेन्टिनमा २१ हजार ७ सय ४ जना रहेका छन् । पीसीआर विधिबाट मंगलबार ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ ।

मंगलबारसम्म भोजपुर पाँचथर, संखुवासभा धनकुटा, रसुवा, मनाङ र मुस्ताङ कोरोनामुक्त भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal