आज :

विद्यालयको घेरा पर्खाल लगाउँदा रामारोशन गाउँपालिकाका अध्यक्ष भाष्करको संलग्नता नक्कली बिल बनाएर भ्रष्टाचार

अछाम । जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदको संलग्नतामा भ्रष्टाचार भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले फिर्ता गर्न भनेको छ । विप्लव नेतृत्वको नेकपाको जिल्ला जनपरिषद् अछाम अन्तरगत गाउँजनपरिषद् रामारोशनले विज्ञप्ति जारी गर्दै भ्रष्टाचार रकम फिर्ता गर्न भनेको हो ।

गाउँजनपरिषद् प्रमुख राकेशले विज्ञप्ति जारी गरेर गाउँपालिकाको वडा नं. ५ स्थित निलकण्ठ माविको घेरा पर्खाल लगाउँदा अध्यक्ष साउदको संलग्नतामा ५ लाख ९९ हजार बढी भ्रष्टाचार भएको उल्लेख गरेको छ । प्राविधिक मूल्यांकन ८ लाख ६९ हजारको बिल उठाएको तर अध्यक्ष साउदको दवावमा १५ लाख ३० हजार रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै गाउँजनपरिषद् प्रखुम राकेशले ध्यानाकर्षण भएको बताएका छन् ।

“रामारोशन गाउँपालिका–५ स्थित निलकण्ठ माविको घेरा पर्खाल लगाउन गाउँपालिकाद्वारा आ.ब. २०७६÷७७ मा रु. १५,३०,००० ।– बजेट बिनियोजन गरिएकोमा जम्मा कामको करिब ३० प्रतिशत पनि काम पूरा नभई गाउँपालिका अध्यक्ष झंकर साउद ‘भाष्कर’को प्रत्यक्ष संलग्नता र दबाबमा प्राबिधिकको मूल्याकंन प्रतिबेदन र बिल भर्पाइ बिपरित सबै रकम भुक्तानी गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्राबिधिक मूल्यांकनअनुसार रु. ८,६९,४२२ को बिल भर्पाइ उठाइएकोमा गाउँपालिका अध्यक्षको दवावमा रु. ६१,२०१ कन्टिजेन्सी बाहेक रु. ५,९९,३७७ रुपैयाँ बढी भुक्तानी गराई भ्रष्टाचार गरिएको छ । यस गाउँपालिकाका अध्यक्ष साउदको बारेमा अनियमितता र भ्रष्टाचार सम्बन्धि बारम्बार जनताको गुनासो र खबरदारी रहेको कुरा पनि सर्वबिदितै छ” विज्ञप्तिमा भनिएको छ ।

प्रमुख राकेशले अध्यक्ष भाष्कर कमिसन र भ्रष्टाचारमा लिप्त रहेको भन्दै पदीय शक्तिको दुरुपयोग गरि जनताको रगत पसिनाले तिरेको कर र विभिन्न बिकासे आयोजनाहरुमा बदमासी गरिरहेकोले यस्तो क्रियाकलाप तुरुन्तै रोक्न, नाजायज रुपमा गरिएका भुक्तानी फिर्ता गर्न र जनताको अगाडि माफी माग्न समेत भनेका छन् । विज्ञप्तिमा राकेशले अख्तियर दुरुपयोग अनुसन्धान आयोगलाई उक्त अनियमिततासहित यस गाउँपालिकामा सन्चालित विभिन्न बिकासे आयोजनाहरुमा भइरहेको कमिसन, भ्रष्टाचार र अनियमितता छानबिनको लागि ध्यानाकर्षण समेत गराएका छन् ।अध्यक्ष भास्करले भ्रष्टाचार र अनियमितता नरोके जनकारवाही गर्ने चेतावनी गाउँजनपरिषदले दिएको छ ।

यसअघि अनलाइन डबलीले वडा सदस्य खगेन्द्र रोकायसहितका विद्यालयका प्रअको संलग्नतामा नक्कली बिल बनाएर पूरै रकम भुक्तान दाबी गरिएको र बिल भुक्तानीको लागि अध्यक्ष साउदले कर्मचारीलाई दवाव दिन थालेको समाचार प्रकाशित गरेको थ‍ियो ।

विज्ञप्ति

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal