आज :

लकडाउन खुलेको पहिलो विहानीः खुशी र डर बराबरी, यसो भन्छन्-सडकमा भेटिएकाहरु

काठमाडौ । लामो लकडाउन खुलेको आज पहिलो दिन । विहानै सडकमा निस्केकाहरु ढुक्कसँग हिटडुल गरिरहेका छन् । सडकमा विहानै त्यति चाप नभएपनि चहलपहल भने बढेको छ ।

अहिले विहानको ठिक ६ बजेको छ । हामी काठमाडौँका नयाँ वानेश्वरमा चोकमा छौँ । अहिले यहाँ दुईजना ट्राफिक प्रहरी हाजिर भइसकेका छन् । हिजोअस्ती अलि ढिला आउने ट्राफिक प्रहरी आज अलि चाँडै डिउटी सुरु गरेका छन् । १२१ दिनपछि बल्ल मानिसहरु ढुक्कसँग मोर्निङमा छन् । जोरबिजोर हटेसँगै ट्याक्सीहरु विहानै चल्न थालेका छन् ।

सडकमा सार्वजनिक सवारी साधन गुडेका छैनन् तर नीजि गाडीहरु विस्तारै बाक्लिदैछन् । १० मिनेट अघिसम्म फट्टफुट्ट मात्रै हिडेका मोटरसाइल र नीति गाडीहरु अहिले विस्तारै थपिँदै गएका छन् । सडकमा हिड्नेहरु पनि पहिलेजसो डराई नपरेको बताउँछन् । मोर्निङवाकबाट फर्किदै गरेका रगत वैद्यले आज पहिलेजसो नडराई घरबाट निस्केको बताउँछन् । पहिलेपहिले मोर्निङ वाकमा जाँदा रमेश प्रहरीले केही भन्ने हो की भन्ने शंका मनमा भइरहने तर आज त्यो हटेको बताए । “हिजोसम्म विहानै घरबाट निस्किँदा प्रहरीले केही भन्छ की वा अरु कसैले केही भन्छन् की जस्तो भइरहन्थ्यो, आज ढुक्कसँग हिडियो । बल्ल ढुक्कसँग हिड्न पाउँदा खुशी लागेको छ तर कोरोना फैलिने डर भने मनमा पनि छ” रतनले भने ।

त्यसैगरी यात्रुलाई पर्खिबसेका एकजना ट्याक्सी चालकले पनि आज ढुक्कसँग निस्केको बताउँछन् । लकडाउनसँगै जोरबिजोर हटेपछि अब गुजरा चल्ने आशामा छन् उनी । “हामीले ट्याक्सी चलाउन नपाउँदा रोजीरोटीकै समस्या भएको थियो । ट्याक्सी चलाउन पाउनुपर्छ भन्दै आन्दोलन गर्नुपरो, प्रहरीको लाठी खाएर बल्ल जोरबिजोर चलाउन पाएका थियौं । आजबाट लकडाउनसँगै जोरबिजोर हटेकाले खुशी लागेका छ । अब गुजरा चल्छ की तर मनमा कोरोनाको डर भने बाँकी छ” ट्याक्सी चालकले अनलाइन डबलीसँग भने ।

त्यसैगरी साइकलमा तरकारी बोक्दै गरेका एक कृषक पनि अब सहज हुने आशा गरेका छन् । उनले लकडाउनको अवधि भरी यही साइकलमै तरकारी बेचेर गुजरा चलाएका बताउँछन् । “नगरौं पेटले मान्दैन, गरौं साइकलमै बोक्नुपर्ने, त्यो पनि मानिसहरु किन्नै डराउने । अब सार्वजाजिक यातायात चलेभने केही सहज हुन्छ की” उनले भने । उनले कोरोना पूर्णरुपमा नियन्त्रण भइनसकेको बताउँदै डर भने बाँकी नै रहेको बताए ।

सरकारले १२० दिनपछि मंगलबार लकडाउन पूर्णरुपमा हटाएको घोषणा गरेको थियो । योसँगै मंगलबार मध्यरातदेखि लकडाउन अन्त्य भएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि चैत्र ११ गतेबाट लकडाउन जारी गरेको थियो ।

त्यसैगरी जारी सवारी साधनमा लागु गरिएको जोरबिजोर प्रणाली पनि हटाउने भएको हो । अब लामो दूरीका सवारी साधन पनि संचालन हुने भएका छन् । विद्यार्थी भर्ना र परीक्षा संचालन भदौ १ गतेबाट गर्ने निर्णय पनि सरकारले गरेको छ ।

मन्त्री खतिवडाका अनुसार लकडाउन हटेपनि कोरोना रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्था यथावत नै रहेन छन् । त्यस्तै केही प्रभावित क्षेत्रमा जारी गरिएको निषेधित क्षेत्र भने कामय नै रहनेछ । सरकारी कार्यालय दुई सिफ्टमा चलाउने निर्णय पनि आजैबाट खारेज भएको छ ।

त्यसैगरी सरकारले होटल र रेष्टुरेन्टहरु साउन १५ बाट संचालन गर्न दिने अनुमति पनि सरकारले दिएको छ । तर, पार्टी विवाह जस्ता कार्यक्रम गर्न पाइने छैनन् । आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला यातायात सेवा पनि भदौ १ गतेबाट खुला हुनेछ ।

सरकारले शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडियाखाना भने तत्काल नखोल्ने सरकारले निर्णय गरेको छ ।त्यसैगरी सरकारले तोकेका २० नाकाबाट नेपाली नागरिक बाहेक अरुलाई आवागमनमा लगाइएको रोक साउन ३२ सम्म कायमै रहनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal