आज :

अखिल क्रान्तिकारीद्वारा जेल-हिरासतबाट रिहा भएका विद्यार्थीलाई काठमाडौंमा सम्मान

काठमाडौं । अखिल (क्रान्तिकारी) ले जेल र हिरासतबाट रिहा भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी उपत्यका बिशेष ब्यूरोले पछिल्लो पटक विभिन्न मितिमा शैक्षिक तथा राजनैतिक आन्दोलनका क्रममा गिरफ्तार भई रिहा भएका विद्यार्थीहरुलाई मंगलबार काठमाडौंमा सम्मान गरेको हो ।

संगठनका उपाध्यक्ष रुद्र भट्टराईले रिहा भएका विद्यार्थीहरुलाई सम्मान तथा अभिनन्दन गर्दै नेपालको राजनीतिक परिवर्तनको इतिहासमा विद्यार्थीको निर्णयक भूमिका रहँदै आएको र अहिले पनि  त्यो अवस्था आएको बताए । ‍सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भट्टराईले अहिलेको संसदीय व्यवस्थाले नेपाली जनताका छोराछोरीको पहुँचमा शिक्षालाई पुग्न नदिने भएकोले सामान शिक्षा सम्भव नभएको बताए ।

कार्यक्रमका अध्यक्ष समेत र‍हेका संगठनका केन्द्रीय सचिवालय सदस्य तथा उपत्यका क्षत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले अहिलेको शिक्षामा दलालीकरण र माफियाकरण मौलाइरहेको बताउँदै जनताका छोराछोरीले सर्वसुलभ शिक्षा पाउने अवस्था नभएको बताए । राज्यको चरित्रका कारण शैक्षिक क्षेत्रमा माफियाकरण हुँदै गएको भन्दै बिकले राजनीति परिवर्तन विना शैक्षिक क्षेत्रमा सुधार नहुने बताए ।

कार्यक्रममा बोल्दै संयोजक बिकले संविधानमा निःशूल्क शिक्षा भनिएपनि सरकारकै कारण जनताका छोराछोरी शैक्षिक दलालहरुका कमाउन बस्तु भएको बताउँदै त्यसको अन्त्य र वैज्ञानिक शिक्षाको लागि आफ्नो संगठन आन्दोलनमा रहेको बताए । उनले नेपालमा वैज्ञानिक समाजवाद स्थापना नगरी निःशूल्क र समान शिक्षा असम्भव भएको बताउँदै पहिला राजनीतिक परिवर्तन हुन आवश्यक रहेको बताए ।

सम्मानित विद्यार्थीहरुले शैक्षिक र राजनीति परिवर्तनको लागि जेल पर्न‍ु अबसरको रुपमा लिएको बताएका थिए । उनीहरुले जेल र हतकडीले आफूहरुको आस्थामा कुनै कमी नहुने बताए । राजनीतिक र शैक्षिक परिवर्तनको लागि आफूहरु जस्तोसुकै चुनौतीलाई स्वीकार गर्ने तयार रहेको समेत बताएका थिए ।

संगठनका काठमाडौं अध्यक्ष गोविन्द विष्टले संचालन गरेको कार्यक्रममा ललितपुर अध्यक्ष अग्रिमले शुभकामना मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal