आज :

आज मध्यरातबाट लकडाउन हट्दै, यातायातमा जोरबिजोर पनि हट्यो

काठमाडौ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउन आज रातिबाट हट्दैछ । सरकारले चैत्र ११ गते देशभर जारी गरेको लकडाउन १२० दिनपछि हटेको हो ।

सरकारले आज (मंगलबार) मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री, संचार सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार सो जानकरी दिएका थिए । सरकारले कोरोना नियन्त्रणको लागि पटकपटक म्याद थप भएको लकडाउन जेठ २६ सम्म पूर्ण रुपमा लकडाउन जारी रह्यो भने त्यसपछि अलि खुकुलो भएको हो ।

त्यसैगरी जारी सवारी साधनमा लागु गरिएको जोरबिजोर प्रणाली पनि हटाउने भएको हो । अब लामो दूरीका सवारी साधन पनि संचालन हुने भएका छन् । विद्यार्थी भर्ना र परीक्षा संचालन भदौ १ गतेबाट गर्ने निर्णय पनि सरकारले गरेको छ ।

मन्त्री खतिवडाका अनुसार लकडाउन हटेपनि कोरोना रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्था यथावत नै रहेन छन् । त्यस्तै केही प्रभावित क्षेत्रमा जारी गरिएको निषेधित क्षेत्र भने कामय नै रहनेछ । सरकारी कार्यालय दुई सिफ्टमा चलाउने निर्णय पनि आजैबाट खारेज भएको छ ।

त्यसैगरी सरकारले होटल र रेष्टुरेन्टहरु साउन १५ बाट संचालन गर्न दिने अनुमति पनि सरकारले दिएको छ । तर, पार्टी विवाह जस्ता कार्यक्रम गर्न पाइने छैनन् । आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला यातायात सेवा पनि भदौ १ गतेबाट खुला हुनेछ ।

सरकारले शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडियाखाना भने तत्काल नखोल्ने सरकारले निर्णय गरेको छ ।त्यसैगरी सरकारले तोकेका २० नाकाबाट नेपाली नागरिक बाहेक अरुलाई आवागमनमा लगाइएको रोक साउन ३२ सम्म कायमै रहनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal