
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक एकछिन बसेर फेरि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले बाढी पहिरो पीडितको राहत र उद्दारमा जुट्ने प्रस्ताव पारित गरेको छ ।
बैठकले नेता कार्यकर्ताहरुलाई बाढी र पहिरोमा परेकाहरुको राहत र उद्दारमा जुट्न निर्देशन समेत दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अर्को बैठक यही साउन १३ गते बस्ने श्रेष्ठले जानकारी दिए । तर बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभएपछि स्थगित गरिएको बताइएको छ ।
ओली सहभागी नभएपनि सहमतिमै अर्को सहमतिमै अर्को बैठकको मिति तय भएको नेताहरुले बताएका छन् । स्थायी समिति सदस्य देग गुरुङले बैठकका नियमित एजेण्डामा प्रवेश नै नगरी अध्यक्ष प्रचण्डले बाढी पहिरो पीडितको राहत र उद्दारमा जुट्न प्रस्ताव गरेको बताए । प्रचण्डको प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै राहत र उद्दारमा जुट्न नेता कार्यकर्तालाई बैठकले निर्देशन समेत दिएको छ ।