आज :

नेकपाको सुदूरपश्चिम बन्दः अर्थमन्त्रालयसहित ठाउँठाउँमा शंकास्पद बस्तु, ९ वटै जिल्लामा ठप्प

धनगढी । नेपाल कम्युनिस्ट पार्टीको आह्वानमा आज सुदूरपश्चिम प्रदेशका सबै जिल्ला ठप्प भएका छन् । कोरोना महामारीको कारण बन्द भएका यातायात र बजार आज पुनः बन्द भएका छन् ।

नेकपाका सेती महाकाली ब्यूरो इन्चार्ज ओमप्रकाश पुन र महिला नेतृ पूर्णीमा धामीलगायत नेता कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा नेकपा सेती महाकाली ब्यूरोले एक दिने बन्दको आह्वान गरेको थियो । बन्दका कारण प्रदेश राजधानी धनगढीसहितका बजार विहानैबाट बन्द छन् भने जिल्लाभित्र चल्न थालेका सवारी साधान पनि चलेका छैनन् ।

यसैक्रममा विहानै विभिन्न स्थानहरुमा ब’म राखिएको छ । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय नजिकै प्रेसर कुकर ब’म भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टका अनुसार उक्त बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

मन्त्रालयसंगै अमित मेडिसन डिष्टिव्युटर्सलाई लक्षित गरेर बम राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । सुदूर पश्चिम पश्चिम प्रदेश सभाकै अगाडि रहेको अमित मेडिसन डिष्टिव्युटर्स सुदूर पश्चिममा स्वास्थ्य सामग्री तथा उपकरण खरीद प्रकरणमा बिबादित छ ।

त्यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका कार्यालय अगाडि पनि शंकास्पद वस्तु फेला परेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको कर्यालय अगाडी सडकमा ब’म फेला परेको प्रहरीले जनाएको छ । अहिले सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।

कोरोना महामारीको क्रममा भएको भ्रष्टाचार, लकडाउनमा पनि चर्को ब्याज असुलीको लागि धम्की दिने वित्तिय संस्थाविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको सेती महाकाली ब्यूरोले इन्चार्ज पुनको गिरफ्तारविरुद्ध सरकारी गाडीमाथि प्रतिबन्दसहितका विरोधका कार्यक्रम घोषणा गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal