आज :

नेता पुनलाई बि’स्फोट र राजद्रो’हको मुद्धा लगाउने तयारी

धनगढी । नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली ब्यूरो इन्चार्ज ओमप्रकाश पुनलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार विहान कैलालीको फुलबारी क्षेत्रबाट गिर’फ्तार गरिएका नेता पुन र महिला नेतृ तथा पुनकी श्रीमति पूर्णीमा धामीलाई पनि प्रहरीले सँगै सार्वजनिक गरेको छ ।

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार नेता पुनलाई धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेली स्थित सडक खण्डबाट प्रहरीले गिर’फ्तार गरेको थियो ।

प्रहरीले म्याद थप गरेर थप अनुसन्धान गर्ने बताएको छ । प्रहरी स्रोतका अनुसार नेता पुनलाई बिस्फोट तथा राज द्रोहको मुद्धा लगाउने तयारी गरिरहेको छ । नेता पुनको कुनै पनि घटनामा संलग्नता नदिएका कारण राजद्रोहको मुद्दा लगाउने प्रहरीले स्रोतले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal