आज :

नेकपाका सेती महाकाली ब्यूरो इन्चार्ज ओमप्रकाश पुन कैलालीको फुलबारीबाट गिर’फ्तार

धनगढी । नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली ब्यूरो इन्चार्ज ओमप्रकाश पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य समेत रहेका पुनलाई बुधबार विहान कैलालीको फुलबारीबाट गिर फ्तार गरेको हो । पुनसँगै उनकी श्रीमति तथा नेकपाकी नेतृ पूर्णामा धामीलाई पनि प्रहरीले गिर;फ्तार गरेको छ ।

नेकपा स्रोतका अनुसार पुनलाई सेल्टरमा सुतिरहेको अवस्थामा घर घेरा हालेर प्रहरीले गिर’फ्तार गरेको छ । प्रहरीले भने यसबारे औपचारिक रुपमा जानकारी दिएको छैन । तर, प्रहरी स्रोतले दिएको जानकारीअनुसार केही दिनदेखि पछि गर्दै क्रममा फुलबारी पुगेको जानकारी पाएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो

नेता पुनले लकडाउनको बेला भएको भ्रष्टाचार, ब्याज असुल गर्ने वित्तिय संस्थालाई चेतावनी दिएर विज्ञप्ति निकालेपछि प्रहरीले विशेष अभियान नै चलाएको थियो ।

त्यस्तै त्यसअघि एमसीसीको पक्षमा नलाग्ने भन्दै सांसदहरुलाई आग्रह गरिएको थियो । एमसीसी खारेजीको माग गर्दै पार्टी केन्द्रले संचालन गरेका कार्यक्रम अन्तरगत इन्चार्ज पुनले सुदूरपश्चिममा कार्यान्वयन गर्ने क्रममा सांसदहरुलाई पत्राचार गर्न जिल्लाहरुलाई निर्देशन दिएका थिए ।

यसैबीच प्रहरीले मंगलबार मोरङको उर्लाबारीबाट नेकपाका नेता नन्दबहादुर बोहरालाई प्रहरीले गिर’फ्तार गरेको थियो । बोहरालाई ब’म विस्फोट मुद्दा लगाउने तयारी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal