आज :

दुई तिहाई मत सरकारले खाइसक्यो, ओली पाँचवर्ष प्रधानमन्त्री भए (नेकपा) समाप्त हुन्छः खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष चले पार्टी नै सकिने बताएका छन् । उनले अहिलेकै सरकार पाँच वर्षसम्म रहे (नेकपा) रुटआउट हुने र जनमत समाप्त हुने बताए ।

साहना प्रधान प्रतिष्ठानद्वारा सोमबार आयोजित ‘(नेकपा)को आजको समस्या के हो ? सम्भावना के हो ?’ शीर्षकको भर्चुअल छलफल कार्यक्रममा बोल्दै खनालले भने, “यो सरकार पाँच वर्ष चल्यो भने नेकपा रुट आउट हुन्छ, हाम्रो जनमत समाप्त हुन्छ ।” सरकारले प्रभावकारी काम गर्न नसक्दा आधा जनमत खुम्चिसकेको खनालले बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले आफ्नो पार्टीको अगाडि तीनवटा विकल्प रहेको बताए । खनालले यथास्थितिमा जाने, पार्टी फुट्ने हो कि भनेर बस्ने, प्रधानमन्त्री ओलीबाट त्रसित भएर बस्ने भन्ने सवाल पार्टीमा गम्भीर भएको बताए । खनालले जताततै सरकारको विरोध बढेको र एकपछि अर्को अनियमिततालाई सरकारले नियन्त्रण गर्न नसकेको बताए । तर, प्रधानमन्त्री ओलीले कतै केही भएको छैन भन्दै आएको भन्दै खनालले यसरी जाँदा भविष्य अन्धाकार हुने समेत दाबी गरे ।

त्यसैगरी पार्टीभित्रै सुधारको आवश्यकता रहेको बताउँदै सरकार, नीति र पद्धतिमा सुधार गर्नुपर्ने बताए । पार्टीले ल्याएको दुई तिहाई सरकारले खाइसकेको आरोप समेत लगाउँदै खनालले भने, “सरकार, नीति र पद्धतिमा सुधार गर्नुपर्दछ । सरकार, नीति, कार्यक्रमलाई पुनर्गठन गर्नुपर्दछ । जसले गर्दा अगामी निर्वाचनमा बहुमत ल्याउन सकिन्छ । पार्टीले ल्याएको दुई तिहाई सरकारले खाइसकेको छ । तत्कालाई दुई तिहाईको कल्पना गर्न सक्दैनौं ।”

कार्यक्रममा बोल्दै खनालले अहिलेको अवस्थालाई सुधार गर्न नसके पार्टीको भविश्य अनिश्चित तिर जाने बताए । “सही नीति लिन सकेनौं भने भूराजनीतिक कारणले कम्प्युनिष्ट पार्टी मात्रै होइन कुनै पनि राजनीतिक शक्ति टिक्न सक्दनौं” खनालले भने ।

नेता खनालले पार्टीको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजिनमा माग गरेका थिए । ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाटै राजिनमा दिनुपर्ने अडान खनालको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal