आज :

नेपालमा कोरोना जित्नेको संख्या १० हजार नाघ्यो, सोमबार मात्रै १७ सय घर फर्किए, ६ हजार मात्रै सक्रिय संक्रमित

काठमाडौं । नेपालमा कोरोना जित्नेको संख्या १० हजार नाघेको छ ।सोमबार एकै दिन अहिलेसम्मकै धेरै संक्रमित निको भएर घर फर्र्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप १ हजार ७०५ जनाले कोरोनासँग जितेर घर फर्किएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले दिएको जानकारीअनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उनीहरुको पुनः गरिएको परीक्षणमा कोरोनामुक्त भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या १० हजार २९४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १४४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ तर संक्रिया संक्रमित भने ६ हजार ६१३ रहेका छन् ।

बाहिर जिल्लामा संक्रमण घटिरहेको छ । पछिल्ला दिनमा उपत्यकामा समुदायमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सोमबार पनि काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना गरी थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज हिजो अस्तीको भन्दा परीक्षण बढाइएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

सोमबार सबैभन्दा धेरै सुर्खेतमा ४१ जना भेटिएका छन् । धनुषामा २७ जना, कैलालीमा ११ जना, रौतहटमा ९ जना कपिलवस्तुमा ८ जना, ललितपुरमा ५ जना झापा र महोत्तरीमा ४–४ जना, काठमाडौंमा ३ जना, बागलुङ, म्याग्दी, तनहुँ, बर्दिया, दाङ, रुकुम पश्चिम, दैलेख, बझाङ र बैतडीमा २–२ जना, मोरङ, सुनसरी, सप्तरी, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुली, मकवानपुर, पर्वत, स्याङ्जा, कपिलवस्तु, बाँके, जाजरकोट, अछाममा १–१ जना संक्रमित भेटिएको प्रवक्ता गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

हाल देशभरका क्वारेन्टिनमा २३ हजार ८ सय ७० जना सम्भावित संक्रमित रहेका छन् । नेपालमा हालसम्म २ लाख ८९ हजार ३ सय ७१ वटा परीक्षण पीसीआर विधिबाट गरिएको छ ।

यसैबीच र्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने ४७ जनाले नै कोरोना जितेका छन् । सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणबाट सोमबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

महाशाखाका अनुसार सबैभन्दा धेरै ४१ जना सुर्खेतका हुन् भने रुकुम पश्चिम र दैलेखका दुई/दुईजना र जाजरकोट र बाँकेका एक/एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मात्रै ४ महिलासहित २० जना, सिम्ता गाउँपालिकाका ६ महिलासहित २१ जना रहेका छन् ।

यस्तै, रुकुम पश्चिमको रानीभेरी गाउँपालिका-३ का दुईजना पुरुष, दैलेख आठबीस नगरपालिकाकी ११ वर्षीय बालिका र नारायण नगरपालिकाका ३५ वर्षीय पुरुष, जाजरकोटको भेरी नगरपालिका-७ र बाँकेको सीतापुर-४ का एक/एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ६६३ जना पुगेको छ भने निको हुनेको संख्या १ हजार ४५५ जना पुगेको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal