आज :

रामारोशनमा बेथितिः काम ४ लाखमा सम्पन्न तर १० लाखको नक्कलीसहित १५ लाखको बिल पेश, भुक्तानीको लागि दवाव

अछाम । जिल्लाको रामारोशन गाउँपालिकामा चार लाखको योजनामा १५ लाखको बिल पेश भएको छ । अछामको राामारोशन गाउँपालिकाको वडा नम्बर ५ स्थित निलकण्ठ मावि पातलको घेरा पर्खाल लगाउन साढे ४ लाखको योजनामा साढे १५ लाखको बिल पेश गरिएको हो ।

गाउँपालिकाको १५ लाख ५० हजार बजेटमध्येबाट विद्यालय व्यवस्थपन समितिले साढे ४ लाखमा पर्खाल निर्माण गर्न स्थानीय तिलक बुढालाई ठेक्का दिएको थियो । विद्यालयले दिएको साढे ४ लाखमै काम सम्पन्न भएपनि १५ लाख ५० हजार भुक्तानीको माग गरिएको छ । गाउँपालिका अध्यक्षको तजबिजमा बितरण गरिने योजना अन्तरगत उक्त विद्यालयलाई साढे १५ लाख दिइएको थियो ।

विद्यालयको ढुंगाले बनाइएको ६० मिटरको पर्खाल साढे ४ लाखमै सम्पन्न भएको तर भुक्तानी साढे १५ लाख दाबी गरिएकोमा विद्यालय व्यवस्थापन समितिका सदस्यले नै असन्तुष्टि जाहेर गरेका छन् । “त्यो कमको लागि साढे ४ लाख प्रसस्त बजेट हो । तर, अहिले बिल १५ लाख ५० हजारको बनाइएको सुन्दा हामीलाई अचम्म लागेको छ । सरकारी बजेट यसरी नै सिध्याउने रैछन् बल्ल थाहा भयो” व्यवस्थापन समितिका एक सदस्यले भने । मिलेमतोमा बाँडीचुँडी खान ४ लाखको कामलाई साढे १५ लाखको बिल बनाएको भन्दै उनले भुक्तानी गर्न गर्न नहुने र बचत रकम विद्यालयको खातामै राखेर अरु काममा खर्च गर्न सकिने समेत ती सदस्यले बताए ।

नक्कली बिल बनाएर प्रधानाध्यापक जगत साउद आफै भुक्तानीको लागि दौडधुप गरिरहेको बताइएको छ । “यति सानो काममा पनि त्यति ठूलो नक्कली बिल बनाउन विद्यालयकै प्रधानाध्यापक नै लागेको देख्दा लाज लागेको छ, तर के गर्नु, समितिमा हाम्रो कुरा उनीहरु सुन्दैनन्” ती सदस्यले भने । बिल भुक्तानीको लागि गाउँपालिकाका पदाधिकारीले नै कर्मचारीलाई दवाव दिइरहेको स्रोतले बताएको छ ।

उता विद्यालयका प्रधानाध्यापक साउदले त्यसको खण्डन गरेका छन् । अनलाइन डबलीसँग कुरा गर्दै प्रअ साउदले पर्खाल लगाउन लागेको खर्चअनुसार नै बिल बनाइएको बताए । उनले सरिया, सेमेन्ट ढुवानीमा बढी रकम खर्च भएको बताए । प्रअ साउदले निर्माणको ठेक्का पाएका बुढालाई पर्खाल ‘चिन्न’ उठाउन मात्रै दिएको बताए । उनले (नेकपा) का स्थानीय  नेता खगेन्द्र रोकाया निर्माण कार्यमा संलग्न भएको समेत बताए ।

स्रोतका अनुसार १५ लाखका फर्जी बिल बनाएको कुरा सार्वजनिक भएसँगै कसरी मिलाउने भन्नेमा छलफल भइरहेको छ । केही ढुवानी र निर्माण क्षेत्रमा काम गर्ने व्यवसायीबाट काम गरेको भ्याट बिल मिलाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal