आज :

फेरि आयो सलह, दाङ-प्यूठान र जुम्लामा एकैपटक देखियो

काठमाडौं । नेपालमा फेरि सलहको एक झुण्ड भित्रिएको छ । प्रदेश नम्बर पाँचको दाङबाट आइतबार विहान भित्रिएको सलह प्यूठान, बागलुङका विभिन्न क्षेत्रमा कमैबारीमा हमला गरेको छ । आइतबार नै जुम्लामा पनि सलहको झुण्ड देखा परेको छ । उक्त झुण्ड दोस्रो पटक भारतबाट प्रवेश गरेको हो वा पहिलेको हो भन्नेबारे अनुसन्धान भइरहेको कृषि कार्यालयले जनाएको छ ।

सलह सूचना केन्द्रका अनुसार पहिलो पटक भित्रिएको सलह केही दिनपछि पुनः सक्रिय भएको छ । साना साना झण्डमा बाँडिन बोकेको सलह पुनः सक्रिय भएको हो । आइतबार विहान साढे ९ बजेतिर भारतको सितापुर र बहराइचबाट एउटा ठूलो झुण्ड दाङको गढवा गाउँपालिकामा प्रवेश गरेको थियो ।

आइतबार नेपाल प्रवेश गरेको सलहको झुण्ड पहिले भन्दा ठूलो भएको गढवा गाउँपालिकाका सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले बताए । गढवा क्षेत्रमा रहेको झुण्ड दिउँसो उत्तरपूर्वतिर उडेको उनले बताए । उक्त झुण्ड पहाडी जिल्लातिर लागेको अनुमान गरिएको छ ।

दाङ प्रवेश गरेको सलह आर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम पुग्ने सक्ने भन्दै किसान चिन्तित भएका छन् । यसअघि असार १३ गते नेपाल प्रवेश गरेको सलह वर्षा र हावा हुरीका कारण तितवर वितर भएर निष्कृय भएको र घाम लागेपछि पुनः सक्रिय भएको बताइएको छ ।

सलह नेपाल प्रवेश गरेको यतिका दिन भइसक्दा पनि सरकारले कुनै तयारी गरेको छैन । कृषकहरु आगो र थालको भरमा बालीमा पहरा दिइरहेका छन् । तर विषादि अन्य उपाय लगाएर कसरी सलह भगाउने भन्नेबारे सरकारले अहिलेसम्म कुनै योजना बनाएको छैन ।

पहिले प्रवेश गरेको सलह पनि पश्चिम नेपालका सबै जिल्लामा पुगिसकेको तर वर्षाका कारण निष्कृय भएको र केही दिनयता घाम लागेका क्षेत्रमा कमैबारीमा हमला गर्ने गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal