आज :

खुशीको खबरः रुसमा कोरोना खोपको क्लिनिकल परीक्षण सफल

काठमाडौं । रु सले कोरोना भाइरस वि’रुद्धको खोप बनाएको छ । रूसको सेचेनोभ विश्वविद्यालयले कोरोनाका उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार खोपको प्रयोग सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टीका सवयम्सेवकमा खोपको परीक्षण भएको छ । परीक्षण सफल तथा सुरक्षित भएको रूसी समाचार संस्था स्पुतनिकले बताएको छ ।

क्लिनिकल अध्ययनका लागि औषधि दिइएका स्वयम्सेवकहरूको पहिलो समूहलाई अध्ययनपछि यही बुधबार ९ जुलाई १५० मा डिस्चार्ज गरिने र अर्को समूहलाई पाँच दिनपछि जुलाई २० डिस्चार्ज गरिने इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड वायोटेक्नोलोजीका निर्देशक वादिम तारासोभले बताए । उक्त विश्वविद्यालयले रूसकै ‘गमलेई इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजी’ संस्थाले जून १८ मा निर्माण गरेको खोप कोरोनाविरुद्धको विश्वको पहिलो खोप भएको र सफलतापूर्वक परीक्षण पूरा गरिसकेको तारासोभले बताएका छन् ।

“यो चरणको अध्ययनको उद्देश्य मानव स्वास्थ्यमा खोपको सुरक्षालाई पुष्टि गर्नु रहेको र यो सफलतापूर्वक सम्पन्न भएको छ” सेचेनोभ विश्वविद्यालयको ‘इन्स्टिच्युट अफ मेडिकल प्यारासाइटोलोजी, ट्रपिकल एण्ड भेक्टर–वर्न डिजिजेज’का निर्देशक अलेकज्याण्डर लुकाशेवले समाचार संस्था स्पुतनिकसँग भने । खोपको सु’रक्षाको पुष्टि भैसकेको छ । यसले हाल बजारमा रहेका अन्य खोपले जस्तै सु’रक्षाको प्रत्याभूत गर्ने दाबी गर्दै लुकाशेभले भने, “खोपको थप विकास योजना भाइरसको महामारीको जटिलता र उत्पादन बढाउने सम्भावनासहित विकासकर्ताको रणनीतिले पहिले नै निर्धारण गरिसकेको छ ।”

महामारीको समयमा सेचेनोभ विश्वविद्यालयले शैक्षिक संस्थाको रूपमा मात्र नभई औषधिजस्ता महत्वपूर्ण र जटिल अत्पालनहरूको निर्माणमा भाग लिन सक्षम हुने वैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रको रूपमा पनि काम गरिसकेको छ । खोपको क्लिनिकल अध्ययनभन्दा पहिले (प्रिक्लिनिकल) तथा प्रोटोकल निर्माण र हाल भइरहेको क्लिनिकल परीक्षणमा सहकार्य गरेको बताइएको छ ।

यसअघि चिनियाँ से नाको मेडिकल टीमले तयार गरेको खोपको पनि परीक्षण सफल भइसकेको थियो । उसले त्यसलाई थप प्रभावकारी बनाउँदै प्रयोगमा ल्याउन लागेको बताइरहेको बेला रुसले पनि खोप सफलतापूर्वक परीक्षण गरेको खबरले विश्व समुदायलाई खुशी बनाएको छ । रुस बढी प्रभावित हुँदै गएपछि राष्ट्रपति भ्लामिर पुटिनले कोरोना वि’रुद्धको खोप बनाउन कार्यमा जुट्न देशका वैज्ञानिक र अनुसन्धानकर्ताहरुलाई अपील गरेका थिए । पुटिनको सो अपी’लपछि तीब्र रुपमा लागेका रुसी वैज्ञानिकहरु खोप बनाउन सफल भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal