आज :

कर्णाली प्रदेशमा कोरोनाका २०२ मात्रै संक्रिय संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणभन्दा निको हुने दर बढिरहेको छ । आइतबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, विभिन्न आइसोलेसनबाट ४३ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १ हजार ६ सय १६ पुगेको छ । जसमा १ हजार ४ सय ८ व्यक्तिले कोरोना जितेर घर फर्केका छन् ।

महाशाखाले आइतबार दिएको जानकारीअनुसार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पता, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र पश्चिम रुकुमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणबाट थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

महाशाखाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिका ४ महिलासहित ११ जना, कालीकोटको महाबै गाउँपालिका, खाँडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिका २ महिलासहित ७ जना रहेका छन् ।

यस्तै रुकुम पश्चिमको जौरजहारीका दुईजना पुरुष र दैलेखको आठबीस नगरपालिकाकी एक महिला रहेकी छन् । अब कर्णाली प्रदेशमा २ सय २ जना मात्रै संक्रिय संक्रमित रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal