आज :

नेपालमा कोरोना निको हुने दर ५०.५ प्रतिशत, ६ जिल्ला कोरोनामुक्त

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दर घटेको छ । अघिल्लो हप्तामा बढ्दै गएको संक्रमण दर अहिले दुई अंकमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले कोरोना संक्रमण भन्दा निको हुनेको दर बढी छ ।

मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार निको हुने दर ५०.५ प्रतिशत छ । यो संक्रमण हुनेभन्दा ०.५ प्रतिशतले बढी हो । कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ भने निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ । शनिबार थप ४३१ जनाले कोरोना जितेर घर फर्केका छन् । शनिबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

केही दिन स्थित रहेको मृ.त्यु दर भने शनिबार बढेको छ । शनिबार थप ३ जनाको कोरोना कारण ज्यान गएको पुष्टि भएको थियो । काठमाडौँका २ र सिन्धुपाल्चोकका एक गरी थप तीन जनाले ज्यान गुमाएका हुन् । त्यस्तै शनिबार थप ७० जनाको कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यो गएको २४ घण्टाको विवरण हो । आजको अवस्था के हुन्छ हेर्न बाँकी छ ।

त्यसैगरी नेपालका ६ जिल्ला कोरोना भाइरसमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला कोरोनामुक्त भएका हुन् ।

गौतमका अनुसार बितेको २४ घण्टामा थप ४३१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । गौतमले कोरोना संक्रमित मध्ये निको हुनेको संख्या ८ हजार ४४२ पुगेको बताए । उनले प्रतिशतका आधारमा संक्रमितमध्ये ५०.५ व्यक्ति निको भएपनि बताए ।

पीसीआर परीक्षण बढाउनु पर्ने माग भइरहेको बेला सरकारले भने घटाउँदै लगेको छ । हरेक दिन साढे ४ हजारको औषतमा परीक्षण गरिरहेको सरकारले शनिबार ३ हजार ६ सय ४८ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal