आज :

संखुवासभामा पहिरोले ११ जनालाई पुर्यो, देशभर मृत्यु हुनेको संख्या ८८

काठमाडौँ । अविरल बर्षासँगै केही दिनदेखि देशका विभिन्न जिल्लाहरुमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भइरहेको छ । यसैबीच शनिबार राति संखुवासभामा पहिरोमा परी ११ जना हराएका छन् । सिलिचोङ गाउँपालिकामा गएराति पहिरोले ८ घर समेत बगाएको छ ।

घटनास्थलमा प्रहरी पुग्न नसकेकोले क्षतिको एकिन विवरण आउन सकेको छैन । स्थानीयका अनुसार शनिबार मध्यराति गएको पहिरोमा परी ८ घर बगाएको छ भने अन्य स्थानमा पनि पहिरो गएको छ ।

मनसुन सुरु भएपछि अहिलेसम्म देशभर ८८ जनाको ज्यान गइसकेको छ । भने ३६ जना अझै हराईरहेका छन् । बाढीबाट १९ जिल्ला बढी प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लमजुङ, गुल्मी, झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला बढी प्रभावित भएका छन् । प्राधिकणका अनुसार सबैभन्दा धेरै म्याग्दीमा २७, पर्वत र जाजरकोटमा ९–९, बझाङ र

कास्कीमा ७–७ जना, गुल्मीमा ५, पाल्पा र लमजुङमा ४–४ जना, सिन्धुपाल्चोकमा ३ जनाको ज्यान गएको छ । रुकुम पश्चिम २, दार्चुलामा २ जना, गोरखा, स्याङजा, बाग्लुङ, डोटी, सल्यान, कालिकोट, सुर्खेत, झापा र चितवनमा एक÷एक जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी बाढीपहिरोमा परी अझै ३५ जना हराइरहेका छन् । खोजीकार्य जारी रहेपनि अहिलेसम्म नभेटिएको प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै सिन्धुपाल्चोकमा २०, म्याग्दीमा ४, जाजरकोटमा ५ जना, बझाङमा एक, झापामा एक जना हराइरहेका छन् । बझाङको कालंगा र बर्दियाको बबई नदीमा दुईरदुई गरी ४ जना हराईरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal