आज :

जेलमा रहेका सांसद रेशम चौधरीको रिहाई र पहिचानसहितको अधिकारको लागि नयाँ कार्यक्रम घोषणा हुँदै

काठमाडौँ । पहिचानसहितको अधिकारको लागि सं घर्ष गर्दै आएका विभिन्न ९ वटा संगठनहरुले आन्दोलनका कार्यक्रम घोषणा गर्दैछन् । जेलमा रहेका सांसद रेशम चौधरीको रिहाई, नागरिकता विधेयकलगायत पहिचानसहितको अधिकारको लागि नयाँ कार्यक्रम घोषणा गर्न लागिएको छ ।

कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा, मगरात, खस आर्यलगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरु’ ले नयाँ कार्यक्रम घोषणा गर्न लागेका हुन् ।

तराईको थारुहरु, पूर्वी पहाडको खम्बु–लिम्बु, मगरातका मगर, पश्चिमका खस आर्यहरु एउटै मोर्चामा सभागी भएका छन् । सबैले आआफ्नो पहिचानको लागि सं घर्ष गरेपनि निष्कर्षमा पुग्न नसकेको समिक्षा गर्दै गठबन्धन बनाएका छन् ।

सरकारले जबरजस्त पेलेर संविधान जारी गरेको भन्दै असन्तुष्ट बन्दै आएका यी समुदायले निर्णयक सं घर्षमा जाने निर्णय गरेका छन् । केही दिन पहिले संयुक्त रुपमा पहिचानको लागि सडकमा जाने सहमति गरेका यी संगठनहरुले आज नयाँ कार्यक्रम घोषणा गर्दैछन् । संविधान जलाउनेसम्मका कार्यक्रम गर्दै आएका उनीहरुको अबका कार्यक्रम कस्ता हुन्छन् पत्रकार सम्मेलनमा पछि मात्रै जानकारी हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal