आज :

सुदूरपश्चिम प्रदेशमा १ हजार २६७ जनाले कोरोनासँग जिते, अब ८० जना मात्रै अस्पतालमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढेको छ । शुक्रबारसम्म एक हजार दुई सय ६७ जनाले कोरोना जितेका छन् । प्रदेशको सामाजिक विकास मातहतको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले दिएको जानकारीअनुसार ९ वटै जिल्लाका गरी शुक्रबारसम्म उनीहरु विभिन्न अस्पताल तथा आइसोलेसनबाट डिस्चार्ज गरिएको हो ।

अहिलेसम्म सबैभन्दा बढि कञ्चनपुरका ३ सय ५६ जना, बैतडीका २ सय ५२, डडेल्धुराका १ सय ८८, अछामका १ सय ६४ र डोटीका १ सय ५७ र कैलालीका १ सय एक जना संक्रमितलाई अस्पताल र क्वारेन्टिनबाट डिस्चार्ज गरिएको कार्कीले जानकारी दिए ।

त्यसैगरी बझाङबाट ३४, दार्चुलाबाट १३ र बाजुराबाट दुई जनाले कोरोना जितेर घर फर्केका छन् । उनीहरुमध्ये १४ दिनसम्म अस्पतालमा भर्ना गरेर लक्षण नदेखिएर र केहीलाई लक्षण देखिएर पनि कोरोनासँग जितेका छन् ।

अहिले सुदूरपश्चिमका विभिन्न अस्पतालमा ८० जनाको उपचार भइरहेको छ । महाशाखाका अनुसार टीकापुर अस्पतालमा ३९, महाकाली अस्पतालमा १८, अछाम अस्पतालमा १०, सेती अस्पतालमा ६, मालाखेती अस्पतालमा तीन, डोटी र बाजुरा अस्पतालमा दुईरदुई जना गरी ८० जनाको उपचार भईरहेको छ ।

प्रदेशका ३ हजार ९११ संक्रमितमध्ये २ हजार ५५३ जना आफ्नै घर र क्वारेन्टाइनमै राखिएको छ । घर र क्वारेन्टाइमै रहेका संक्रमितबाट अरुमा कोरोना सर्ने चिन्ता पनि गरिएको छ । तर, लक्षण नदेखिएसम्म अस्पतालले भर्ना नलिने गरेको बताएको छ ।

सुदूरपश्चिममा ८ जनाको कोरोना कारण ज्यान गइसकेको छ । अहिले अस्पतालमा उपचार गराइरहेकामध्ये कसैको पनि गम्भीर अवस्था नभएको बताइएको छ । संकलन गरिएको स्वाब हुन नसक्दा विभिन्न क्वारेन्टिनमा रहेकाहरु समस्यामा परेका छन् । उनीहरुमा न कोरोना पुष्टि भएको छ न घर जान नै पाएका छन् । सुदूरपश्चिमका सबै जिल्लाहरुमा आरडिटी परिक्षण गरिएकाहरुको पीसीआर परीक्षण हुन सकेको छैन ।

  • फाइल फोटो

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal