आज :

कोरोनाका कारण काठमाडौंमा एकजनाको ज्यान गयो, मृतकको संख्या ३६ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको ज्यान गएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा ज्यान गएको व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

निर्देशक डा. मुकुन्द राज जोशीका अनुसार गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते ज्यान गएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

मिर्गौलामा समस्या देखिएपछि अस्पताल आएका थिए । सुरुमा उनलाई असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । त्रिविमा आइसीयू खाली नभएकोले केएमसी रिफर गरिएको थियो । श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार गर्दा समेत बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

कोरोनासँग मिल्ने लक्षण देखिएकोले उनको पीसीआर परीक्षण गरिएको थियो । परीक्षणको असार २१ गते उनको स्वाबको नमूना संकलन गरिको थियो । कोरोना संक्रमण भए नभएको रिपोर्ट नआउँदै असार २५ गते उनको ज्यान गएको थियो । शुक्रबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना परीक्षणको रिपोर्ट नआउँदासम्म शवको अस्पतालमै राखिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि शनिबार विहान नेपाली सेनाले शवको व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणको दर घटिरहेको बेला थप एकजनाको ज्यान गएको हो । केही दिनदेखि कोरोना संक्रमण भन्दा निको हुनेको संख्या बढेको विवरण सार्वजनिक भएसँगै आम नागरिक खुशी भएका थिए । तर, शनिबार विहानै थप एक जनाको ज्यान गएको समाचार सार्वजनिक भएसँगै फेरि चिन्ता बढ्ने देखिएको छ ।
पछिल्लो पटक देशभर कोरोना संक्रमण घटेपनि काठमाडौं उपत्यकामा बढिरहेको अवस्थामा काठमाडौंमै थप एकजनाको ज्यान गएको छ ।

शुक्रबारमात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा थप २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको बताएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal