आज :

कोरोनाभन्दा ड’रलाग्दो बाढीपहिरोः ४८ घण्टामा २६ जनाको ज्यान लियो, ६० लाई बगायो

काठमाडौँ । कोरोना भाइरसका कारण थला परेको नेपालमा फेरि बाढी पहिरोले अस्तव्यस्त बनाएको छ । दुई दिनमै २६ जनाको ज्यान लिएको छ । बुधबारदेखि शुक्रबार साँझसम्म आउँदा ठूलो जन धनको क्षति हुन पुगेको छ । शुक्रबार राति र शनिबार विहान देशभर बर्षा भइरहेको छ तर कहाँ कति क्षति भयो भन्ने विवारण आइसकेको छैन् ।

कोरोना भन्दा कयौं गुण खतरनाक बाढी पहिरोमा परी जाजरकोट र कास्कीमा सात–सात, लमजुङ, म्याग्दी र सिन्धुपाल्चोकमा तीन–तीन, रुकुम पश्चिममा दुई र गुल्मीमा एकजनाको ज्यान गएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार म्याग्दीमा ३१, सिन्धुपाल्चोकमा २१ र जाजरकोटमा ८ जनाको बाढीपहिरोमा परी हराएका छन् । त्यसैगरी २४ घण्टामा बाढीपहिरोबाट दुई करोड सात लाखभन्दा बढीको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ ।

पोखराका विभिन्न ठाउँमा गएको पहिरोमा पुरिएर एकै परिवारका तीनसहित सातजनाको ज्यान गएको छ । कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका–१८ सराङकोटमा पाँच तथा वडा नम्बर २५ हेम्जा र वडा नम्बर २६ पैतेको डाँडामा एक–एकजनाको ज्यान गएको हो । त्यस्तै, सराङकोट गोठादीका ५० वर्षीय टंकबहादुर थापा, उनकी पत्नी ४५ वर्षीया सोममाया, ६ वर्षीय नाति सुवान (दाइको नाति), तनहुँ दमौली घर भएका भतिजा आठ वर्षीय शीतल श्रेष्ठ (सोममायाकी बहिनीका छोरा) र छिमेकी १९ वर्षीया इशिका थापाको पनि ज्यान गएको छ । उनकै घरमा रहेका आठजना घाइते भएका छन् ।

प्रहरीका अनुसार हेम्जास्थित मेलबोटका रामचन्द्र अधिकारीको घर पहिरोले पुरिँदा उनकी ७० वर्षीया आमा हिमकलीको ज्यान गएको थियो । पैतेको डाँडामा गएको पहिरोमा परी अन्दाजी ३५ वर्षका दुर्गाबहादुर सुनारको पनि ज्यान गएको छ ।

बिहीबार थापाको घरमा २२ वर्षीया छोरी पिंकीको जन्मदिनको कार्यक्रम आफन्त पनि जम्मा भएकाले बढी क्षति भएको हो । घरमा १३ जना सुतुरिहेको अवस्थामा विहान पौने ३ बजेतिर घरमाथिको पाखोबाट पहिरो खसेको थियो ।

पहिरोमा परी मृतक थापाका छोरीहरू पिंकी र आशा, पाँच वर्षीया नातिनी (पिंकीकी छोरी) पिरिसा, दमौली घर भएकी साली सरस्वती श्रेष्ठ, भतिजा सन्देश श्रेष्ठ (सरस्वतीका छोरा) तथा छिमेकीहरू अनिश तामाङ, रशि थापा र रश्मी थापामगर घा इते भएका छन् ।

जाजरकोटको बारेकोट र जुनिचाँदे गाउँपालिकामा गएको पहिरोमा परी सातजनाको ज्यान गएको छ भने ८ जना हराएका छन् । अविरल वर्षासँगै बिहीबार राति आएको पहिरोले बारेकोट गाउँपालिका–४ जिरी सार्कीटोलका गोपाल सार्की र कलु सार्कीको घर बगाएको थियो । पहिरोमा पुरिएर गोपालसँगै उनका ११ वर्षीय छोरा अर्जुन, पाहुना आएका कुशे गाउँपालिका–९ चौताराका २० वर्षीय डिल्ली सार्की र १८ वर्षीय वीरेन्द्र सार्की तथा कलु सार्कीकी १४ वर्षीया छोरी तीर्खाको ज्यान गएको जाजरकोट प्रहरीले जनाएको छ ।

त्यस्तै, बारेकोट–६ धुमामा आएको बाढीमा बगेर स्थानीय बासिन्दा २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने हराएका छन् । स्थानीयले रामचन्द्र चलाउने र विज्ञान बोहरालाई उद्धार गरेका छन् ।

म्यादीको धौलागिरि गाउँपालिका–७, ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको पहिरोमा परी ज्यान गएको छ भने ३१ जना अझै हराएका छन् ।
रघुगंगा गाउँपालिका–६ मा गोठ जान हिँडेका ३४ वर्षका ललितमान छन्त्याल लापुखोला तर्ने क्रममा चिप्लिएर हराएका छन् ।
धौलागिरि गाउँपालिका–६ मराङमा २१, मालिका गाउँपालिका–७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ९ जना पनि हराएका छन् । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जनालाई पहिराले बगाएको छ ।

त्यसैगरी लमजुङको बेंसीशहर नगरपालिका–७, सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् ।

विहीबार राति करिब ११ बजे ढुंगासहित खसेको पहिरोमा घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको ज्यान गएको प्रहरीले बताएको छ । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले सकुशल छन् ।

रुकुम पश्चिममा पहिरोमा परेर दुईजनाको ज्यान गएको छ । जिल्लाको आठबीसकोट नगरपालिका–३, रजेखोलामा गएको पहिरोमा परेर तीन जनाको ज्यान गएको छ । शुक्रबार बिहान करिब ६ बजे गएको पहिरोले तुलबहादुर दमाईको एक तले घर पुर्दा उनकी श्रीमती २८ वर्षीय सीता र ६ वर्षीय छोरा हाबिलको ज्यान गएको रुकुम प्रहरीले जनाएको छ । गुल्मीमा पहिरोमा पुरिएर शुक्रबार एकजनाको .ज्यान गएको छ । कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीसको पहिरोमा परी ज्यान गएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal