आज :

देशभर कोरोना संक्रमित घट्दै तर उपत्यकामा बढ्दै, ११८ संक्रमितमध्ये ४२ जना उपत्यकामा

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमण घट्दोक्रममा छ । संक्रमित तुलनात्मक रुपमा घट्ने र निको हुनेको संख्या बढिरहेको छ । तर, कोरोनाको उच्च जोखिम सूचीमा रहेका काठमाडौं उपत्यकामा भने बढिरहेका छन् ।

शुक्रबारसम्म उपत्यकामा नयाँ स्थान र व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको छ । काठमाडौँमा कोरोना समाजसम्म पुगेको अनुमान गरिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिएको जानकारीअनुसार काठमाडौंमा थप २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका दिएको जानकारीअनुसा देशभर पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।

त्यसैगरी शुक्रबारसम्म कोरोनालाई जित्नेको संख्या ८ हजार नाघेको छ । प्रवक्ता गौतमका अनुसार देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट शुक्रबार थप १२० जना कोरोना निको भएर घर फर्केका छन् ।

शनिबार विहानसम्म विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ । जसमा ५लाख ६२ हजार ७६९ जनाले ज्यान गएको छ । संक्रमितको संख्या १ करोड २६ लाख २५ हजार २ सय पुग्दा निको हुनेको संख्या ७३ लाख ३३ हजार ३८ पुगेको छ ।

अहिलेसम्म सबैभन्दा अमेरिका, ब्राजिल, भारत र रुसमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । रुसमा संक्रमितको संख्या धेरै भएपनि ज्यान गुमाउनको संख्या भने ११ हजार मात्रै छ । त्यो भन्दा बढी बेलायत, इटलीलगायतका देशहरुमा ज्यान गुमाउनेको संख्या धेरै छ ।

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार नजिक पुगेको छ भने संक्रमित संख्या ३३ लाख नजिक पुगेको छ । अमेरिका पछि ब्राजिलमा १८ लाख बढी संक्रमित छ भने करिब ७१ हजारले ज्यान गुमाएका छन् । तेस्रो नम्बरमा रहेको भारतमा तुलनात्मक रुपमा ज्यान गुमाउनको संख्या निकै कम रहेको छ । भारतमा ८ लाख २३ हजार नजिक संक्रमित पुग्दा ज्यान गुमाउनेको संख्या २२ हजार नाघेको छ ।

त्यसैगरी रुसमा संक्रमितको संख्या ७ लाख नाघेको छ भने ११ हजारले ज्यान गुमाएका छन् । त्यस्तै, ४ लाख ९० हजारले कोरोनालाई पराजित गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal