आज :

लकडाउनको १०९ औं दिनः आजबाट सार्वजनिक यातायात र ट्याक्सी चल्ने, भाडा वृद्धिको विरोध

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै जारी लकडाउनको १०९ औं दिनमा सार्वजनिक यातायात संचालन हुने भएका छन् । सरकारले छोटो दूरीका सवारी सधानलाई काठमाडौँ उपत्यका र जिल्लाभित्र मात्रै संचालन गर्न दिने निर्णय गरेसँगै आजबाट भाडाका यातायात चल्ने भएका हुन् ।

लकडाउन जारी भएको झण्डै चार महिनासम्म नचलेका यातायातका साधनहरु चल्ने भएपनि मानिसहरुको कोरोनाका त्रासका कारण उत्साहित छैनन् । आफूहरुले यात्रु बोक्न पाउने पर्ने भन्दै ट्याक्सी व्यवसायीहरुले आन्दोलन गरिरहेका थिए । यातायात व्यवसायीहरुले पनि कर र किस्ता तिर्न गारो भएको भन्दै मापदण्ड पूरा गरी संचलानको माग गरिरहेका थिए ।

सरकारका प्रवक्ता तथा अर्थ र संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइने जानकारी दिए । मन्त्रिपरिषदले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मन्त्री खतिवडाले चालक र सहचालकले मास्क र यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ । साथै, भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ । साथै सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्नुपर्नेछ । एक दिनमा एक पटक यातायातको साधन निसंक्रमण पनि गर्नुपर्नेछ । सरकारको यो निर्णयअनुसार लामो दुरीका सार्वजनिक यातायातका साधन अझै सञ्चालन गर्न पाइनेछैन ।

सरकारले ट्याक्सीमा चालकबाहेक दुई जनासम्म यात्रु राख्न पाउने निर्णय गरेको छ । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट पनि दिईएको छ । सार्वजनिक यातायातजस्तै ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्लाभित्र मात्र चलाउन पाउनेछन् । मापदण्ड पूरा गरेका यातायात आजैबाट संचालनमा आउनेछन् ।

यातायात संचालन हुने भएपनि एकै पटक ५० प्रतिशत भाडा बढाएर लिन सक्ने सरकारले निर्णय गरेपछि सर्वधारणले विरोध जनाएका छन् । उपभोक्त हित संरक्षणलगायतका सरोकारवाला निकाय र व्यक्तिहरुले एकै पटक ५० प्रतिशत भाडा बढाएर ढाँड सेक्ने काम गरेको बताएका छन् । उनीहरुले भाडा बढ्नेमा सहमत भएपनि एकै पटक ५० प्रतिशत भाडा वृद्धिको विरोध जनाएका छन् ।

सरकारले एकै पटक ५० प्रतिशत भाडा लिन पाउने निर्णय गरेपछि यातायात व्यवसायीहरुले मनपरी अझै बढाएर भाडा लिन सक्ने भन्दै सरोकारवालाहरु चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal