आज :

देशभर भारी बर्षाः ठाउँठाउँमा पहिरो–बाढी, ४ जनाको ज्यान गयो, १६ जना हराए

काठमाडौँ । देशभर लगातार बर्षाका कारण ठाउँठाउँमा पहिरो जानुको साथै बाढी आएको छ । बर्षाका कारण विहीबार विहानसम्म पहाडी जिल्लाको धेरै ठाउँहरुमा पहिरो गएको छ भने तराईमा बाढी आएको छ ।

बर्षाका कारण पोखरामा तीन ठाउँमा पहिरो गएको छ । कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोट गोठदीमा पहिरो गएको छ । पहिरोले टंकबहादुर थापाको बगाएको छ । पहिरोमा पुरिँदा तीन जनाको ज्यान गएको छ । पहिरोमा परी अन्य ६ जना घाइते भएका छन् । कास्की प्रहरीका अनुसार थापाको घरमा विहीबार साँझ जन्म दिन मनाउने कार्यक्रम भएकोले परिवार तथा आफन्तको जमघट भएकोले कति जनाको हराएका छन् भन्ने एकिन हुन सकेको छैन ।

पहिरोका घाइतेको उद्दार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्थामा गम्भीर रहेको बताइएको छ ।

त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा अर्को पहिरो गएको छ । पहिरोले स्थानीयल रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिएको छ । पहिरोमा परी अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको ज्यान गएको छ ।

पोखराकै छोरेपाटन सिमलटुँडामा पनि पहिरो गएको छ । पहिरोले स्थानीय चन्द्रबहादुर मगरको घरमाथि बाट आएको पहिरोमा परी माथिबाट खसेको पहिरोमा परी तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार पहिरोमा परी मगरसँगै श्रीमति शान्ति र छोरा सुशान पनि घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।

अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ । स्थानीयवासीलाई राति नै सुरक्षित स्थानमा सारिएको छ ।

त्यसैगरी अविरल वर्षाका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा पहिरो गएको छ । शुक्रबार विहान गएको पहिरोमा परी सात जना बेपत्ता भएका छन् । पहिरोमा परी दुई घर पुरिएका छन् ।

स्थानीयका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ हो । पहिरो आउँदा दुबै घर परिवारको कोही पनि भाग्न सफल नभएको बताइएको छ । पहिरोका कारण घण्टीवाङ गाउँ १३ परिवार पहिरोले विस्थापित भएका छन् । घण्टीवाङलाई पहिरोले चारैतिरबाट घेरेकोले अन्य गाउँ जान पनि सकिएको छैन ।

त्यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको छ । स्थानीयका अनुसार घरका मानिसहरुले भागेर ज्यान जोगाउन सफल भएका छन् ।

पहिरोका कारण देशभरका सडकहरुमा पनि पहिरो गएको छ । यातायात अवरुद्ध भएका छन् । यसैबीच बेनी–जोमसोम सडक खण्डको बेलिब्रिज बाढीले बगाएको छ । घुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटस्थित उक्त पुल बगाउँदा सडक अवरुद्ध भएको छ ।

त्यसैगरी देशका विभिन्न स्थानमा पहिरो गएको छ । कैलाली, बर्दिया, बाँकेलगायतका तराईका जिल्लाहरुमा धेरै भाग बाढीले डुबाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal