आज :

लकडाउनको १०८ औं दिनः सार्वजनिक यातायात र ट्याक्सी चल्न दिने निर्णय, ५० प्रतिशत बढी भाडा

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै जारी लकडाउनको १०८ औं दिनमा सार्वजनिक यातायात संचालन गर्न दिने सरकारले निर्णय गरेको छ । यो निर्णय दुई अघिको भएपनि सरकारले आजमात्रै सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले काठमाडौँ उपत्यकासहित देशभर छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो । उपत्यका भित्र र बाहिर जिल्लाभित्र मात्रै यातायात चल्न पाउने भएका हुन् ।

सरकारका प्रवक्ता तथा अर्थ र संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइने जानकारी दिए । मन्त्रिपरिषदले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मन्त्री खतिवडाले चालक र सहचालकले मास्क र यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ । साथै, भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ । साथै सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्नुपर्नेछ । एक दिनमा एक पटक यातायातको साधन निसंक्रमण पनि गर्नुपर्नेछ ।

सरकारको यो निर्णयअनुसार लामो दुरीका सार्वजनिक यातायातका साधन अझै सञ्चालन गर्न पाइनेछैन । त्यसैगरी सरकारले ट्याक्सी पनि चलाउन दिने निर्णय गरेको छ । चालकबाहेक दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन पाउनेछन् । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिइनेछ । सार्वजनिक यातायातजस्तै ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्लाभित्र मात्र चलाउन पाउनेछन् ।

त्यसैगरी यातायात व्यवसायीहरुले ५० प्रतिशत भाडा बढाउन पाउनेछन् । सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय गरेको मन्त्री डा. खतिवडाले जानकारी दिए । यो व्यवस्था सार्वजनिक यातायातको हकमात्रै हो, ट्याक्सीले भने बढी भाडा लिन पाउने छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal