आज :

गृहमन्त्रालय भन्छ- चारदिनसम्म ठूलो पानी पर्छ सतर्क रहनुहोला तर मौसमविद् भन्छन्- गलत हो

काठमाडौं । पानी पर्ने विषयलाई लिएर सरकारका दुई निकायको मत बाडिएको छ । गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भन्दै सतर्क रहन भनेको छ । उसले ठूलो पानी पर्ने भएकोले बाढी, पहिरो र डुबानको जोखिम बढेको बताएको छ ।

प्राधिकरणले आजदेखि आइतबारसम्म प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने बताएको छ । पहाडी क्षेत्रमा साना खोला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

भोलिदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्न सक्छ । विषेशगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई थप सर्तक रहन सूचनामार्फत आग्रह गरिएको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुबानको खतरा रहेको पनि प्राधिकरणले जनाएको छ ।

तर, सरकारकै अर्का निकाय मौसम पूर्वानुमान महाशाखाले भने उक्त कुरा गलत भएको बताएको छ । महाशाखाका मौसमविद् बरुण पौडेलले यो वर्ष मनसुन सुरु भएदेखि नै राम्ररी पानी परिरहेको र आजदेखि मनसुन थप सक्रिय मात्रै हुने बताउँछन् । लगातार पानी परिरहेकाले हिजो अस्तिदेखि नै बाढी, पहिरो र डुबान भइरहेको र मनसुन थप सक्रिय मात्रै हुने महाशाखाले जनाएको छ ।

सरकारकै दुई निकायको मत फरकफरक हुँदा कसको विश्वास मान्ने भन्नेमा नागरिक अन्यौलमा छन् ।

यसैबीच अबिरल बर्षासँगै आएको पहिरोका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा दुई जनाको ज्यान गएको छ । गएराति आएको पहिरोले थप १८ जना बगाएको छ । भोटेकोशो र ठाडोखोलाको जलाधार क्षेत्रमा भारी बर्षासँगै बाढी आएको हो ।

भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाको खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको स्थानीयले बताएका छन् ।

रातिबाट परेको बर्षासँगै विहानतिर मानव बस्तीमा प्रवेश गरेको बताइएको छ । बाढीले जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । रातिको समय भएकोले मानव क्षति बढी भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal